दिनदहाडै विराटनगरमा लुटपाट, निर्माण व्यवसायी कर्णको अफिसबाट १४ लाख बढी रकम लुटियो

 न्यूज विराट
दिनदहाडै विराटनगरमा लुटपाट, निर्माण व्यवसायी कर्णको अफिसबाट १४ लाख बढी रकम लुटियो

विराटनगर । विराटनगर – ३ मोर्डन एरा स्कुल अगाडीबाट दिनदहाडै लुटपाट भएको छ । निमार्ण व्यवसायी बिवेक कर्णको अपिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको बताएका छन् । मोटसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लिटेर फरार भएको उनले बताए ।

उद्योगहरुमा कामदार पठाउने पाथिभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कन्चनबारीस्थित एभरेष्ट बैंकबाट दिउँसो मेरो ज्वाई अमरेस कुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ लिएर अपसिमा आइपुग्नुभएको थियो । मोटसाइकलमा आएका दुई जना मध्ये एक जना फोनमा बोल्दै भित्र आए । ब्यागमा राखिएको रकम लिएर फरार भए । त्यसपछि हामीले पनि लखेटौं । मोटरसाइकलमा बसेर लुटेरा आयल निगम तिर हुँदै फरार भए,’ कर्णले भने, ‘प्रहरीमा पनि जानकारी गराइसकेछ । अहिलेसम्म प्रहरी पनि आइपुगेको छैन ।’
यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले अहिलेसम्म प्रहरीमा खबर नआएको बताए । ‘लुटपाट भयो भनेर हामीलाई खबर आएको छैन,’ उनले भने, ‘घटना के रहेछ हामी यस विषयमा बुझनेछौं ।’

सम्बन्धित समाचार

मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

काठमाडौं, ५ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पुगेको र नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान...

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण

सुर्खेत, १४ जेठ-कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका  निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि  भएको हो । कर्णालीमा  यसअघि २३ जनामा...

विराट गोल्डकप, पहिलो हाफमा एनआरटीको अग्रता

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंले सुरुवाती अग्रता कायम गरेको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट सुरु भएको रात्रीकालिन गोल्डकपको दोस्रो दिन विभागीय...

मोरङको धनपालथानस्थित उखुबारीमा शव फेला प्रकारणःहत्या आरोपमा तीन जना पक्राउ

विराटनगर, २१ माघ । तीन जनाको बीभत्स हत्याका आरोपीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ का ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४...

विमानस्थलबाट नेपालीसहित ६०० यात्रु बोकेर उडे कतारका २ विमान

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्