ब्राउन सुगर सहित दुई जना पक्राउ

 न्यूज विराट
ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र  ईलाका प्रहरी कार्यालय अनारमनबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला परे पश्चात पक्राउ गरि थप सोथपुछ गर्दा बिकाश मर्डीको बिर्तामोड १ स्थितमा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु. २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान -१, Canon लेखेको डिजिटल क्यामेरा -थान १  र उनले चलाई ल्याएको प्र. १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सीएनआई कोसी एक्स्पोमा अल्लो र ढाका कपडाको ‘ब्राण्डिङ’

विराटनगर । कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् ।धनकुटामा जन्मिएर...

प्रचण्ड-माधव समूहले ओलीसँग स्पष्टीकरण माग्ने, विष्णु पौडेललाई कारबाही गर्ने

काठमाडौं, २ माघ-नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको...

मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाइ

काठमाडौं- मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ। जसका कारण सेयर बजार र घरजग्गा व्यवसायीका लागि आजदेखि सुरु भएको आर्थिक वर्ष पनि फलदायी नहुने देखिएकाे छ। नेपाल...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २२ जेठ-लकडाउनबारे छलफल गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री सरकारी निवास अपरान्ह ४ बजे बस्ने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री...

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

कोरोना जितेर घर फर्किनेको संख्या १ हजार नाघ्यो, सोमबार ६७ जना डिस्चार्ज

काठमाडौं, १ असार-पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ६७ जना घर फर्किएका छन् । घर फर्किएका मध्ये ७ महिला र ६० पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

मिल्स क्रिकेट प्रतियोगिता : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल...

विराटनगरमा खुल्यो ‘जियोन युनिसेक्स’ सैलुन, साउन महिनाभरी ३० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगर – ९ मकालु टिभी अगाडी जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमी संचालनमा आएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी उक्त युनिसेक्स संचालनमा आएको हो । युनिसेक्सको उद्घाटन कोशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्