पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

 न्यूज विराट
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ११ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र बनाउँदै लगेको हो ।

अभियान अन्तर्गत मोरङको पथरी–शनिश्चरेमा सम्पन्न भेलाले नगरपालिकाको १० वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा पथरीमा सम्पन्न भेलाले भीमबहादुर रसाईलीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा फुलमाया दर्जी, सचिवमा केशिका महत (दर्जी), सह–सचिवमा अनिता गदाल बि.क. र कोषाध्यक्षमा जगत नेपालीलाई चयन गरेको छ ।
त्यस्तै उक्त भेलाले सदस्यहरुमा गीता पाँचकोटी, श्याम रसाइली, कमला विश्वकर्मा, इन्दीरा सुन्दास, काजिमान खाती, भक्त दर्जी, सीता भूषाल, सरला बिक, गंगा बिक, सरिता शिवा, उर्मीला बिक, नरेन्द्र नेपाली, कुमारी बराइली, फुलमाया गहतराज, विमला दर्जी, लोकबहादुर दर्जी, अञ्जना दर्जी, देविका खाती, सुजता बिक, अनिता गदाल (क), धनबहादुर लकान्द्री, कमला रसाइली, पदम विश्वकर्मा, बीर बहादुर ऋषिदेव, काशिलाल मुसहरलाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा कमला बिक, सीता तिरुवा, कुमारी सार्की, विष्णु सार्की, जुना बयलकोटी, मुना शिवा, अग्नि सुन्च्यूरी, तेजबहादुर घतानी, विक्रम विश्वकर्मा, मुना परियार, इन्दीरा बिक, ज्ञानबहादुर बिक, रत्नबहादुर गजमेर, सुर्य लामिछाने, समुयल गजमेर, भक्तिमाया बराइली, पवित्रा बिक, कुमार बिक, तेजकुमारी बिक, बलबहादुर बिक, र धनराज दियालीलगायत रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

भेलाले छनौट गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाजका केन्द्रीय सदस्य भद्रमान विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्व सांसद खेम नेपालीले नेपालमा पहिलो पटक दलित समुदायलाई राजनीतिकरुपमा एमालेले संगठित गराएको स्मरण गर्दै दलित समुदायका मुद्धा एमालेले मात्र सम्बोधन गर्ने बताए ।

उनले दलित मुक्ति आन्दोनलाई राजनीतिक रुपमा एमालेले संगठित गराएको बताए । उनले एमोलेको जनवर्गीय संगठन मुक्ति समाजले सिंगो नेपाली दलित आन्दोलनको अगुवाई गरेर हक अधिकारका लागि लड्न सक्ने बनाएको बताए ।

उनले सिंगो दलित समुदायको अधिकारका लागिसम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । नेता नेपालीले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए । कार्यक्रममा नेकपा (एमाले) प्रतिनिधि परिषद सदस्य युवराज शिवाकोटी, मुक्ति समाज केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज गोपाल लकान्द्री, नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदार, केन्द्रीय सदस्यहरु दिपेन्द्र पासवान, भद्रमान विश्वकर्मा, प्रदेश कमिटी सदस्य बीरध्वज शिवा, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मालगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै पथरी–शनिश्चरे नगरपालिकाका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए ।

उनीहरुले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्बाचनमा एमालेलाई जिताउनुपर्ने बताए । नेताहरुले एमालेकै नेतृत्वमा समृद्ध नेपाल शुखि नेपालीको नारा साकार बन्ने दावी गरे ।

उनीहरुले नवगठित कमिटीलाई शुभकामना दिँदै नगरका सवै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए ।कार्यक्रममा पथरी–शनिश्चरे नगरपालिकाको १० वटै वडाबाट सयौँको संख्यामा दलित समुदायको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

२४ घण्टामा थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

काठमाडौं, २९ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

प्याब्सन स्पोर्ट्स मिट : बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेको छ ।विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैचना नगरपालिकामा रहेको ब्राइट फ्यिुचर...

पीडितको बयानमा पनि जनप्रतिनिधिको बार्गेनिङ : सांसद देव

काठमाडौं, २३ जेठ-राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनताले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना गरिरहेको भन्दै त्यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भोकमरीका कारण जनताको मृत्यु...

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा...

स्थायी कमिटीबाट समस्या समाधान गर्ने नेकपा सचिवालयको निर्णय

नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...

मोरङको मधुमल्ला र तारिगामामा थपियो सशस्त्रको बिओपी

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो । स्थापना...

कोरोना त्रासः उपत्यका प्रहरीका लागि एन–९५ सर्जिकल मास्क अनिवार्य

काठमाडौं, चैत ५–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न उपत्यकाका प्रहरीलाई सर्जिकल मास्क अनिवार्य गरेको छ । सो मास्क महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मातहतका प्रहरी कर्मचारीलाई उपलब्ध गराउने भएको हो । उपत्यकाका ३ जिल्लामा करिब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्