२४ सय संक्रमित थपिँदा ३५ सय डिस्चार्ज, ८१ जनाको मृत्यु

 न्यूज विराट
२४ सय संक्रमित थपिँदा ३५ सय डिस्चार्ज, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय १४ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमणदर १९.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा ३४६, भक्तपुरमा ५७ र ललितपुरमा ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभर ५० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आज ३ हजार ५५८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यस्तै, आज ८१ जनाको कोरोना संक्रमणबाट निधन भएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टाभित्र ५२ जना र यसअघि छुटेको संख्या अद्यावधिक गर्दा थप ८१ जनाको मृत्युको पुष्टि भएको हो ।

सम्बन्धित समाचार

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...

घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

मुना लिम्बुको मिस कोशीको फस्ट रनरअपको उपाधि ‘पदच्यूत’

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगितामा फस्ट रनरअप भएकी धनकुटाकी मुना लिम्बुको उपाधि डिथ्रोन (पदच्यूत) गरिएको छ । लिम्बुको फस्ट रनअपको उपाधि डिथ्रोन गरी सेकेण्ड रनरअप भएकी सुनसरीको दुहबीकी सृजना लुईटेललाई दिएको आयोजक...

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...

वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

जनकपुरधाम, ९ साउन-वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

थप १७९० जनामा कोरोना पुष्टि, २७९१ डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्