आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

 न्यूज विराट
आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद छाड्ने घोषणा गरेका हुन् ।

भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले यस सिजन सकिएपछि बैंगलोरको कप्तानबाट हट्ने घोषणा गरेका हुन् । तर उनले आईपीएलको अन्तिम खेलसम्म पनि बैंगलोरबाटै खेल्ने र अन्य टिममा नजाने बारे टिम म्यानेजमेन्टलाई पनि जानकारी गराएको बताएका छन् ।

अर्को वर्ष आईपीएलमा दुई टिम थपिदैँछन् भने मेगा अक्सनसमेत हुनेछ । कोहली सन् २०१३ देखि बैंगलोरको कप्तान छन् । उनको कप्तानीमा बैंगलोरले १३२ खेल खेल्दा ६२ मा जित हात पारेको छ । यस्तै ६६ खेलमा पराजित हुँदा चार खेल नतिजाविहीन सकिएको थियो । कोहलीले केही समयअघि मात्रै टी२० विश्वकपपछि भारतको टी२० कप्तान पदसमेत छाड्ने घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचार

होली अवधिमा मोरङ ट्राफिक प्रहरीद्वारा २६९ सवारी साधनलाई कारवाही

विराटनगर । होली पर्वको अवसरमा मोरङ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने २६९ सवारी साधनलाई कारवाही गरिएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार, कारवाहीमा परेकामध्ये हेलमेट नलगाई सवारी चलाउने ७२ जना, तीन...

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...

सुनसरीको खनारमा दुर्घटना, विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...

‘नागरिकतामार्फत् महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ’

काठमाडौं, १० असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता प्रदान गर्ने विषयमा महिला र पुरुषबीच विभेद नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक संजाल ट्विटरमार्फत उनले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

१ डाक्टरसहित ३ कर्मचारी संक्रमित, ३९ जनालाई पठाइयो क्वारेन्टाइनमा

एजेन्सी, बैशाख १- भारतको नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालका ३९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । सो अस्पतालले १ जना डाक्टर, एक नर्स र एक सहायक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो...

यस्तो छ आजको मौसम

काठमाडौं, १७ माघ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । देशको उच्च पहाडी...

विराटनगर आएर डा. शेखर कोइरालाले भने—राष्ट्रिय सहमती कायम गरी एमसिसि पास गर्नुपर्छ

विराटनगर, २ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सवै दलहरुवीच राष्ट्रिय सहमति कायम गरी एमसिसि पास गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गदै उनले विगतमा अरुण तेश्रो फर्केर जाँदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्