राशिफल

यस्तो छ आजको मौसम

 न्यूज विराट
यस्तो छ आजको मौसम

काठमाडौं, १७ माघ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान पहाडी भू-भागमा आंशिक  बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जानकारी दिएकाे छ ।

सम्बन्धित समाचार

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...