नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी

 न्यूज विराट
नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ भन्दै उहाँले देशभित्र तथा बाहिर रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्नुहुने सहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजप्रति सम्मान प्रकट गर्नुभएको छ ।

“वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिकलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ । यस संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्,” सन्देशमा भनिएको छ ।

लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ । “जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण पूरा भएको छ र मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपरेको छ”, उहाँले भन्नुभएको छ ।

नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध जल, जमिन र जङ्गलजस्ता प्राकृतिक स्रोत र साधनको दिगो सदुपयोग गर्दै उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि, कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनद्वारा आयात प्रतिस्थापन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नोतर्फबाट इमान्दार प्रयास जारी राख्न उहाँले सबैमा आह्वान पनि गर्नुभएको छ ।

सम्बन्धित समाचार

संविधान संशोधनमा अनुपस्थित हुने  ४ जनालाई नेकपाले सोध्यो स्पष्टीकरण

काठमाडौं, २ असार-शनिबार भएको संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई संसदीय दलले स्पष्टीकरण सोध्ने भएको छ । नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र...

विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका...

वीपीका पदाधिकारीहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ९ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग मंगलबार छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती...

नापोलीले जित्यो कोपा इटालियाको उपाधि, युभेन्टस टाइब्रेकरमा पराजित

एजेन्सी, असार ४-नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि भएको टाइब्रेकरमा नापोली ४–२...

आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...

मतदान गर्न नपाउँदा दुःखी छुः सांसद मण्डल

विराटनगर, जेठ ३२–राष्ट्रियताका सवालमा जोडदार रुपले आवाज उठाउँदै आएका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले संविधान संशोधनमा मतदान गर्न नपाउँदा दुःख लागेको बताएका छन् । गृह जिल्ला मोरङमै रहेका सांसद मण्डलले सञ्चारकर्मीसँगको कुराकानीमा संशोधनमा मतदान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्