विराटनगर आएर डा. शेखर कोइरालाले भने—राष्ट्रिय सहमती कायम गरी एमसिसि पास गर्नुपर्छ

 न्यूज विराट
विराटनगर आएर डा. शेखर कोइरालाले भने—राष्ट्रिय सहमती कायम गरी एमसिसि पास गर्नुपर्छ

विराटनगर, २ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सवै दलहरुवीच राष्ट्रिय सहमति कायम गरी एमसिसि पास गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गदै उनले विगतमा अरुण तेश्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्व प्रधानमन्त्रीहरुवीच छलफल गरी यो विकासको योजनालाई सहमती कायम गरि पास गर्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले कांग्रस महाधिवेशनको बन्दर्भमा साथीभाईसँग सल्लाह गरेर मात्र आफुले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने बताए । उहाँले भखर्रै वडा अधिवेशन शुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशन पछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने बताए ।

नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएपनि अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा उनले बताए ।

नेता कोइरालाले नेपाली काँग्रेसको ७५ वर्षको इतिहासमा पहिलो पटक प्रहरी प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गर्नुपर्ने बताए । उनले दुई प्रदेश मध्ये एक प्रदेशको नेतृत्व काँग्रेसले पाउनु पर्ने समेत बताए ।

उनले माधव नेपाल प्रति इंगीत गर्दै गठनवन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु गैर जिम्मेवार अभिव्यक्ति भएको बताउँदै प्रदेश नं १ वा वाग्मती मध्ये एक प्रदेशमा मुख्यमन्त्री कांग्रेसको हुनुपर्ने बताए । वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म सँगै जानुपर्ने तर चुनावी तालमेलमा गर्न नहुने नेता कोइरालाले बताए ।

सम्बन्धित समाचार

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

भव्य भयो मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थी विदाई गरेको छ । कलेज परिसरमा बुधबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ का ७५३ जना विद्यार्थीहरुलाई...

शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन माग

नेपाल शिक्षक संघले २३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालका- १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्याको भर्त्सना गरेको छ । संघले तत्काल दोषीलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । संघले बुधबार एक...

कांग्रेस सभापति लिम्बुको पहलमा विद्यार्थीलाई प्राविधिक तालिम

विराटनगर, फागुन २२–मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ । क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा...

कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो

काठमाडौं, १० साउन-कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ संक्रमितमा लक्षण...

आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...

काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन...

प्रदेश १ को नामकरण कहिले ? कहिले हो कहिले

प्रदेशसभाको आठौँ अधिवेशनसम्म पनि प्रदेश १ को नामकरण हुन सकेको छैन । नामकरणका लागि प्रदेशसभाको दुईतिहाइ मत आवश्यक हुन्छ । तर, प्रदेशको नामकरण कहिले हुन्छ भन्ने अन्योल अझै कायम छ । अहिलेको सरकार अल्पमतमा रहेकाले पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्