प्रदेश १ का बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते

 न्यूज विराट
प्रदेश १ का बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते

विराटनगर, १ असोर ।हिजो १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु,  ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् ।

घाईते मध्ये हिजै दिउसो साढे १२ बजे चन्द्रकला राईको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाईतेको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

  यसै गरी हिजो बेलुका साढे ८ बजे झापा मेचिनगर नगरपालिका १२ कालीझोडा स्थित पुर्व-पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाईकले सोहि दिशा तर्फ जादै गरेको मे.१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार मेचीनगर १३ का ३० बर्षीय युवराज लिम्बुको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने मोटरसाईकल चालक झापा कन्काई नगरपालिका ६ दुर्गापुर का ४३ बर्षीय दिल कुमार कार्की सोही अस्पतालमानै उपचार भईरहेको छ । ट्याक्टरट्याक्टर चालक झापा मेचिनगर २ का २६ बर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसै गरी हिजो राती साढे १० बजे झापाकै बुद्धशान्ती गाऊपालिका ३ सातनम्बर चौक स्थित मेची राजमार्गमा मे.१० प ६०७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउदै गरेको  प्र.१-०१-००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ बर्षीय पर्शुराम लिम्बुको B&C अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्कुटीमा पछाडी सवार मेचीनगर नगरपालिका १३ की ३० बर्षीया मनिषा लिम्बु समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । पिकअप र चालक ईलाम सुर्योदय नगरपालिका १० का २७ बर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसै गरी हिजो राती १२ बजे मोरङ विराटगर महानगरपालिका १२  कोशी प्रोजेक्ट स्थित भित्रीसडक खण्डमा को २१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भिर घाईते भएका स्कुटी चालक  विराटनगर महानगरपालिका १ का ४२ बर्षीय रंजित कुमार शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरी कार्यालयहरुले थप अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरि रहेको छ ।

सम्बन्धित समाचार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, २० मंसिर-नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टी सचिवालय बैठक सुरु भएको र...

बेलबारीमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ९ जेठ । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक...

नेपालले थप ३ देशसँग हवाई सम्झौता गर्ने

काठमाडौं, १४ भदौ-नेपाल सरकारले ३ वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने...

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...

शिक्षकलाई एआइ तालिम , रिसर्चजमा आधरित विद्यार्थी उत्पादन गर्दै पूस्याट कलेज

विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गर्ने उद्देश्यले त्यसको लागि शिक्षकहरुलाई प्रविधिसँग दक्ष बनाउन विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लागि परेको छ । प्रविधिले फड्को मारेपछि विद्यार्थीहरुलाई...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...

दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

जनकपुर, माघ २२–प्रदेश २ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा हुँदा पनि सार्वजनिक लेखा समितिले पूर्णता पाएको छैन । दलहरूको आन्तरिक द्वन्द्वका कारण समितिको सभापति चयन हुन सकेको छैन । समितिको सभापतिमा पूर्वमाओवादी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्