प्रदेश १ को नामकरण कहिले ? कहिले हो कहिले

 न्यूज विराट
प्रदेश १ को नामकरण कहिले ? कहिले हो कहिले

प्रदेशसभाको आठौँ अधिवेशनसम्म पनि प्रदेश १ को नामकरण हुन सकेको छैन । नामकरणका लागि प्रदेशसभाको दुईतिहाइ मत आवश्यक हुन्छ । तर, प्रदेशको नामकरण कहिले हुन्छ भन्ने अन्योल अझै कायम छ । अहिलेको सरकार अल्पमतमा रहेकाले पनि त्यसका लागि आवश्यक सङ्ख्या पुर्‍याउन सक्ने अवस्था देखिएको छैन ।

यसअघि दुईतिहाइको सरकारले पनि प्रदेशको नामकरण गर्न सकेको थिएन । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व नहुने किसिमको हुनुपर्ने प्रदेशसभा सदस्यको भनाइ छ । तेस्रो अधिवेशनले २३ वैशाख २०७५ मा प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो ।

१९ वैशाख २०७५ मा बसेको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामकरणका लागि प्रस्ताव पेस गरिएको थियो । त्यसको चार दिनपछि विराटनगरलाई राजधानी कायम गरिए पनि नामकरण भने हुन सकेन ।

सात प्रदेशमध्ये प्रदेश १ र प्रदेश २ को मात्र नामकरण हुन बाँकी छ । अरू प्रदेशले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाइसकेका छन् ।

पाँचौँ अधिवेशनमै नामकरण गरिसक्ने प्रदेश सरकारको तयारी थियो । तत्कालीन मुख्यमन्त्री शेरधन राईको सरकारले त्यसका लागि विभिन्न राजनीतिक दलसँग छलफल पनि गर्‍यो । तर, निष्कर्षमा पुग्न भने सकेन ।

अहिले नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्यको नेतृत्वमा सरकार बनेको छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि उनको पक्षमा हाल सभामुखसहित ४१ जना सदस्य छन् ।

प्रदेशसभामा एमालेका ४१ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका २१, एकीकृत समाजवादीका १०, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

१४ जिल्ला, १३७ स्थानीय तह रहेको यस प्रदेशमा पहाडी र हिमाली जिल्ला ११ र तराईका तीन जिल्ला छन् ।

प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाल प्रदेशको नामकरणका सम्बन्धमा अहिले कुनै छलफल नभएको बताउँछन् । पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको नाम हुनुपर्ने उनको भनाइ छ ।

जसपाका संसदीय दलका नेता जयराम यादवले विगतमा दुईतिहाइको सरकारले प्रदेशको नामकरणका सम्बन्धमा संसदमा प्रस्ताव पेस गर्न नसकेको बताए । अहिले ठूलो पार्टी फुटेकाले नामकरणमा समस्या भइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...

विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने

सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...

नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः पक्राउ परेका तीन लुटेरालाई प्रहरीले विराटनरमा सार्बजनिक गर्यो

विराटनगर, २७ असोज । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्बजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्बजनिक गरेको हो  बैंक...

पेरिसडाँडामा नेकपा बैठक

काठमाडौं,  ४ असोज-काठमाडौं,  ४ असोज-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका...

वीपीमा कोरोना संक्रमित युवाको मृत्यु

विराटनगर, ८ भदौ–सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ । सिरहाको गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। भदौ...

गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, प्रदेश १ का दलित अगुवाद्धारा कारबाहीको माग

विराटनगर, बैशाख २६–सांसद पदमा रहेको व्यक्तिलेनै सिंगो दलित समुदायलाई अपमानित गरेपछी चौतर्फी आलोचना सुरु भएको छ । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाटै दलित समुदायमाथि अपमान भएपछि देशभर उनको तिब्र आलोचना सुरुभएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्