गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, प्रदेश १ का दलित अगुवाद्धारा कारबाहीको माग

 न्यूज विराट
गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, प्रदेश १ का दलित अगुवाद्धारा कारबाहीको माग

विराटनगर, बैशाख २६–सांसद पदमा रहेको व्यक्तिलेनै सिंगो दलित समुदायलाई अपमानित गरेपछी चौतर्फी आलोचना सुरु भएको छ । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाटै दलित समुदायमाथि अपमान भएपछि देशभर उनको तिब्र आलोचना सुरुभएको हो । सिंगो दलित समुदायलाई अपमानित तुल्याउने गरि सांसद थापाले प्रेस विज्ञप्तीनै जारी गरेपछि यतिबेला देशभरका दलित समुदाय उनको विरोधमा उत्रिएका छन् ।

सांसद थापाले संविधान अनुसार निर्माण गरिएका ऐन कानुनको समेत खिल्ली उडाउँदै जातीय छुवाछूतलाई बढुवा दिने गरी दलित समुदायको अपमान गरेको भन्दै प्रदेश १ का दलित अगुवा आक्रोशित बनेका हुन् । पोखरा महानगरपालिका वडा नं. १६ का मोहनकुमार सुनारले वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा रहेका आफ्ना भाईको पार्थिव शरिर नेपाल ल्याउन नसकेपछि महानगरपालिकाकै लगानीमा निर्माण भएको सार्वजनिक भवनमा काजकिरिया गर्न खोजेका थिए ।

तर, सार्वजनिक स्थलमै काजकिरिया गर्नबाट रोकिएपछि बैशाख १९ गते जनक थापा, देवबहादुर थापा र राम विसी समेतलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता गराएका थिए । प्रहरीले पिडकलाई पक्राउ गरेपछि सांसद थापाले जातीय सद्भाव भड्किने भन्दै विज्ञप्ती निकालेर पक्राउ परेका आफ्ना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गरेका थिए ।

सांसद थापाले पदीय मर्यादा विपरित र संविधानकै वर्खिलाप गरेको भन्दै प्रदेश नं. १ का सम्पूर्ण दलित संघ संगठनहरु एवम् सरोकारवालाहरुले सांसद थापालाई कानुनी दायरामा ल्याएर कडा कारवाही गर्न माग गरेका छन् । शुक्रबार प्रदेश १ का ५१ जना दलित अगुवाले संयुक्त विज्ञप्ती जारी गर्दै सांसद थापाले पदीय मर्यादाको ख्यालै नगरी जातीय भेदभाव गरेकाले कडाभन्दा कडा कारवाही गर्न माग गरेका हुन् । संविधानसभा सदस्य एवं पूर्व सामान्य प्रशासन राज्यमन्त्री जितु गौतम, राष्ट्रियसभाका पूर्व सांसद खेम नेपाली, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेललगायत १ नं. प्रदेशका ५१ जना दलित अगुवाले विज्ञप्ती जारी गरेका हुन् ।

‘सांसद थापाको विज्ञप्ती मानवअधिकारको विश्वव्यापी मान्यता, नेपालको संविधानको धारा २४ मा भएको व्यवस्था र जातीय भेदवाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन ऐन २०७५ को विरुद्धमा छ’, विज्ञप्तीमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेको व्यक्ति समेत भएकोले निज प्रदेशसभा सांसद्लाई कडाभन्दा कडा कारबाही गरिनुपर्दछ ।’

मुद्धा दर्ता भएपछि घटनामा संलग्नका आफन्तहरुले पीडित परिवारलाई अहिले पनि घर घेर्ने, धाक, धम्की दिएर मानसिक रुपमा तनाब दिने काम गरिरहेका कारण पीडितको जिउधनको सुरक्षाको पनि माग गरिएको छ । समाजमा जातीय छुवाछूतको निहुँमा दिनप्रतिदिन यस्ता घटना घट्दै जानु र कानुनको कार्यान्वयन फितलो हुनुको साथै जनताद्धारा लिखित संविधानको धज्जी उडाएको र समाजवादमा पुग्ने परिकल्पनामा यस्ता खाले सोच र प्रवृत्तिले समाजवादको गन्तव्यमा नपुगेनी भन्दै राज्यले यसको मूल्य चुकाउनुपर्ने विज्ञप्तीमा भनिएको छ । प्रदेश नं. १ का दलित अगुवाहरुले पोखरामा भएको जातीय विभेदको घटना र मोरङमा दलित बालिकामाथि भएको बलात्कारको घटनाको विरोधमा पीडितलाई न्याय र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग पनि गरेका छन् ।

सांसद थापाको विज्ञप्ती यस्तो छ

सम्बन्धित समाचार

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

गुट बलियो बनाउने सिटौला रणनीति

काठमाडौं, चैत ४–महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन् । २०७७ सालको फागुन पहिलो हप्ता १४ औं महाधिवेशन गर्न कार्यतालिकासमेत सार्वजनिक गरिसकेको कांग्रेसभित्र मुख्य गरी सभापति...

इटहरीमा ‘प्रणय सृजना’ वाचन

इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ,...

सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...

रतुवामाईमा लक डाउन कडाइका साथ पालना गराउन युवाहरु आफै सकृय, २४ घण्टै सिमामा निगरानी

विराटनगर, बैशाख ८-विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न मोरङको रतुवामाई नगरपालिकाका युवाहरु सकृय बनेका छन् । नगरमा विभिन्न सामाजिक काम गर्दै आएको रतुवामाई युवा नागरिक समाजको अगुवाईमा युवाहरु लक डाउनलाई पूर्णरुपले...

आज ७१३५ जना कोरोनामुक्त

काठमाडौं, जेठ १०-देशभर आज ७ हजार १३५ संक्रमित निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख २० हजार ४६१ जनालाई संक्रमण...

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

४० हजार घूससहित प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घूससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्