संखुवासभा सामूहिक हत्याकाण्ड : अर्का एकजना पनि पक्राउ

 न्यूज विराट
संखुवासभा सामूहिक हत्याकाण्ड : अर्का एकजना पनि पक्राउ

विराटनगर, ३१ भदौ । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले पुष्टि गरेका छन् ।

अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएको र ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको विसीले बताउनुभएको छ ।

बिसीका अनुसार सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका गरेको छ ।

लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।
संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।
अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

विराटनगरमा साहित्य संगोष्ठिः नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड

विराटनगर, ११ वैशाख । विश्व साहित्यमा नेपाली सहभागिताको अनुभव संगोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रदेश–१ ले एलिट क्लबको सभाहलमा आयोजना गरेको कार्यक्रममा अनुभव संगोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा...

मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...

सिनेमा हल तथा जिम खाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २ माघ । सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाएको हो । 'सबै प्रकारका आमसभा, जुलुस,...

निर्वाचन घोषणा गरिएकै मितिमा हुन्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताइएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, 'यो चुनावको...

विराटनगरको एचिभर्सले गर्यो भारतको पारूल युनिवर्सिटीसँग सम्झौता

विराटनगर । विराटनगर ९ स्थित अचिभर्स कन्सल्टिङ्ग सर्भिसेजले नेपाली विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनालाई साकार पार्न गुजरातको बरोडरा स्थित पारूल युनिवर्सिटीसँग सम्झौता गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई संस्थाबीच सम्झौता भएको हो ।...

युवा पुस्ताले संस्कृतीको जगेर्ना गर्नुपर्छः मुख्यमन्त्री राई

विराटनगर,१३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफनो भाषा, संस्कृति र भेषभुषाका जगेर्ना गर्नुपर्ने बताउनु भएको छ। सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘ मिस विराटनगर’ अन्तिम प्रतियोगिताको उद्घाटन गर्दै उहाँले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्