एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 न्यूज विराट
एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले स्वीकृत भएको हो । एमालेले संसदको चौथो दिनको बैठकमा पनि नाराबाजी कायम राखेको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच संसद बैठक अघि बढाएका थिए ।

सभामुखले सदन खुलाउन समझदारी जुटाउने उद्देश्यले सोमबार बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आफूहरूमाथि सभामुखले भेदभाव गरेकाले सदन अवरोध गर्नुपरेको एमालेले बताइरहेको छ ।

१ भदौमा १४ सांसदलाई कारबाही गरेको पत्रका आधारमा सभामुख सापकोटाले एमालेले कारबाही गरेका सांसद पदमुक्त भएको सूचना टाँस नगरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ ।

सम्बन्धित समाचार

पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीई

पोखरा, २ वैशाख-पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।...

विराटनगरको एचिभर्सले गर्यो भारतको पारूल युनिवर्सिटीसँग सम्झौता

विराटनगर । विराटनगर ९ स्थित अचिभर्स कन्सल्टिङ्ग सर्भिसेजले नेपाली विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनालाई साकार पार्न गुजरातको बरोडरा स्थित पारूल युनिवर्सिटीसँग सम्झौता गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई संस्थाबीच सम्झौता भएको हो ।...

मध्यराती क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित भेटिए

बाँके, १० जेठ-बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका १ संक्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर-३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टाइनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै गएराती फरार भएका १ जनालाई...

आज थप १३३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ हजार ३८३

काठमाडौं, ९ साउन-नेपालमा पछिल्लो २४ घण्टाको थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनामा कोरोना...

प्रदेशसभाले सर्वोच्चको आदेश उल्लंघन गर्‍यो:कृषिमन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार एमालेको संसदीय दलको पत्रका आधारमा निलम्बन गरेपछि शाहीले उक्त प्रतिक्रिया...

नेपालले संशोधित नक्सा राष्ट्रसंघलाई उपलब्ध गराउने

काठमाडौं, २८ साउन-गत ३१ जेठमा संघीय संसदले संशोधन गरेको नेपालको नयाँ नक्सालाई संयुक्त राष्ट्र संघमा पठाईने भएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले त्यसका लागि बिहीबार औपचारिक रुपमा पत्रमा हस्ताक्षर गरेपछि संशोधित नक्साको जानकारी राष्ट्र...

मोरङको जहदाबाट ११ सय ३ केजी गाँजा दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले कुल १ हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश...

ढुंगाले किचेर १ जनाको मृयु

विराटनगर, १६ मंसिर । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्