दसैँमा नयाँ नोट दिने सीमा घटाइँदै

 न्यूज विराट
दसैँमा नयाँ नोट दिने सीमा घटाइँदै

नेपाल राष्ट्र बैंकले दसैँको मुखमा सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने गरेको छ । गत वर्ष अर्थात २०७७ को दसैँमा कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यस वर्ष भने दसैँ आउनुभन्दा तीन साता अघिनै नयाँ नाेट वितरणको कार्यतालिका निकालेको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार ४ असोजदेखि नयाँ नोट वितरण गरिने भएको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार तथा थापाथलीका साथै प्रादेशिक कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ नोट वितरण गर्ने छन् ।

सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्युनतम २ करोड देखि अधिकतम ५ करोड रुपैयाँसम्म रकम उपलब्ध गराएको छ । आइतबारसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

अघिल्लो वर्ष नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले वर्ष २०७४ मा र २०७५ मा प्रतिव्यक्ति २७ हजार ५ सयका दरले नयाँ नाेट वितरण गरेको थियो ।

२०७६ सालमा १८ हजार ५ सय रुपैयाँ मात्रै उपलब्ध गराएकोमा अहिलेको दसैँमा पनि १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिने जनाएको छ ।

सम्बन्धित समाचार

सत्ता र प्रतिपक्षद्धारा संयुक्तरुपमा संसदमा संकल्प प्रस्ताव दर्ता गर्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, बैशाख ३१–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतसँगको सीमा विवाद समाधान गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा संयुक्त संकल्प प्रस्ताव पेश गर्नु आवश्यक रहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै...

मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले...

लकडाउनकाे अवधिभर बिजुलीको महसुल नतिर्दा जरिमाना नलाग्ने

काठमाडौं, ६ वैशाख-सरकारले कोरोना भाइरसका कारण लागू भएको लकडाउनका बेलामा बिजुलीको महसुल तिर्न नसक्दा जरिवाना नलिने भएको छ । ऊर्जामन्त्री वर्षमान पुनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागेको लकडाउनका बेला महसुल तिर्न नक्नेलाई जरिवाना नगर्ने...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको...

मुख्यमन्त्री राईद्वारा सहिद दिवसको शुभकामना

विराटनगर, माघ १६–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने...

लागुऔषध किन्न टेलिकमको तार चोरी

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५०...

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

इलाम, २२ असार-‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्