अष्टलक्ष्मी शाक्य मसँग सल्लाह गरेरै मुख्यमन्त्री बन्नुभएको हो:माधव नेपाल

 न्यूज विराट
अष्टलक्ष्मी शाक्य मसँग सल्लाह गरेरै मुख्यमन्त्री बन्नुभएको हो:माधव नेपाल

काठमाडौं, ८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगै सल्लाह गरेरै मुख्यमन्त्री बनेको दाबी गरेका छन् ।

मंगलबार चन्द्रागिरि रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफूसँगै सल्लाह गरेरै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका हुन् ।

‘उहाँले अब २१ दिनभित्र पार्टी खुलाउनुपर्ने हुन्छ । अहिले उहाँ पनि अप्ठ्यारो हुनुहुन्छ । उहाँ मसँगै सल्लाह गरेर मुख्यमन्त्री हुनुभएको हो,’ नेपालले भने ।

शाक्यले अब लिने निर्णयका आधारमा उनी नेतृत्वको सरकारको भविष्य निर्धारण हुने नेपालको भनाइ छ । नेपाल पक्षले दल दर्ताको प्रक्रिया अघि बढाउँदै गर्दा शाक्य बागमतीको मुख्यमन्त्री बनेकी थिइन् । पार्टी विभाजनमा शाक्यले नेता नेपाललाई साथ दिएकी थिइनन् ।

सोमबार बालकोट अध्यक्ष ओलीसँग भएको वार्तामा मुख्यमन्त्री शाक्यले एमालेमै रहने बताएकी छिन् ।

सम्बन्धित समाचार

डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

एजेन्सी, जेठ ६-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले...

रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...

कपिलवस्तुका २ पत्रकारमा कोरोना संक्रमण

बुटवल, ९ जेठ-आज कोरोना संक्रमण पुष्टि कपिलवस्तुका ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए । राष्ट्रिय...

दुर्घटना न्युनिकरणका लागि अनेरास्ववियुले बनायो जेब्रा क्रसिङ

विराटनगर, माघ १२-पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । बढ्दो दुर्घटना न्युनिकरण र पैदेल यात्रुको सहजताका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)...

ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...

मोरङ २ मा सुजता कोइराला ४ मतले अघि

विराटनगर । मोरङको क्षेत्र नं. २ मा काँग्रेसकी सुजता कोइराला झिनो मतअन्तरले अग्रता लिएकी छिन् । कोइरालाले ३ हजार ५२६ मत ल्याएर अग्रता लिएकी छिन् । उनले एमालेका ऋषीकेश पोखरेललाई ४ मतले अग्रता लिएकी हुन्...

भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स

काठमाडौं, ३१ वैशाख-भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ । उनी ललितपुरकाे १ निजी अस्पतालमा काम गर्थिन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती...

पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दनोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई बार्तामा आउन कोशी प्रदेश सरकारले आग्रहा गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्