पानी पार्ने प्रणाली कमजाेर भैसक्याे, आजदेखि पारिलाे घाम लाग्छ:माैसमविद् - News Birat

पानी पार्ने प्रणाली कमजाेर भैसक्याे, आजदेखि पारिलाे घाम लाग्छ:माैसमविद्

न्यूज विराट

काठमाडौं, २९ पुस । देशभरको मौसममा आज दिउँसोदेखि क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव कमजोर भइसकेकोले आज दिउँसोबाट मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

मौसमविद् बासीका अनुसार अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा पानी परेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles