मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

 न्यूज विराट
मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । डीएसपी श्रेष्ठका अनुसार उनीमाथि गत वर्षको माघ २० गते आफ्नै १४ वर्षीय छोरी बलात्कार गरेको आरोप छ ।

उहाँले भन्नुभयो ‘आफ्नै छोरीमाथि बलात्कार गरेको भन्दै भदौ ४ गते किटानी जाहेरी परेको छ । सोही आधारमा पक्राउ गरेर हिरासतमा लिँदै घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ ।’ पक्राउ पर्ने पुरुष नेपाली सेनाका पूर्वजम्दार रहेको प्रहरी स्रोत बताउँछ । तर डिएसपी श्रेष्ठले भने यसबारे विस्तृत खुल्न बाँकी रहेको बताउँदै सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गराउने तयारी रहेको बताउनुभयो ।

’ पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । २०७७ साल माघ २० गते राति आफ्नै घरमा धाकधम्की दिँदै डर देखाएर छोरीलाई बलात्कार गरेको उनीमाथि आरोप छ । प्रहरीका अनुसार पीडितको स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पनि अघि बढाइसकिएको छ ।

सम्बन्धित समाचार

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौँ, २९ असोज-जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने...

प्रदेशले २ साताअघि घोषणा गरेको राहत जनकपुरधामबासीले अझै पाएनन्

जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश  सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् ।...

‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

बुटवल, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ । योजनाहरू...

कृषकलाई मकैको बिऊ र जिङ्क वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले...

इलाम २ मा ३२ हजार १९४ मत गणना हुँदा एमालेका सुहाङ ४६८३ मतले अगाडि

विराटनगर । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार...

आगलागीबाट १३ लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री राईको सक्रियता बढ्यो

विराटनगर, साउन २७–प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ...

प्रदेश १ मा बिहिबार ६६ कोरोना संक्रमित थपिए, १८ डिस्चार्ज

विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्