प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण

 न्यूज विराट
प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण

विराटनगर, ६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र २०५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

देउवालाई ओलीले भने- खोप हामीले जुटाएका हौँ, खोप, खोप भनेर राजनीति नगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति...

झापा हल्दिबारीका एक युवकमा आरडीटी पोजिटिभ

झापा, ४ वैशाख-प्रदेश १ अन्तर्गतकाे झापामा एक युवककाे र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपाेर्ट पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार हल्दिबारी गाउँपालिका-२ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएकाे हाे । जिल्ला स्वास्थ्य कार्यालय र...

विराटनगरमा १५ सहित प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण

मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...

आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भयोः गुरुराज घिमिरे

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा पराजित भएका नेता गुरुराज घिमिरेले पार्टीको आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भएको आरोप लगाएका छन् । सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले पार्टीको आन्तरिक...

‘दुईतले फलामको खाटैमा’ गीत सार्बजनिक

काठमाडौँ, २५ कात्तिक–सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता...

२४ घण्टाको अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, १६ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकै दिन ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका ३ जनाको गण्डक अस्थायी कोरोना अस्पताल र १ जनाको पाटन अस्पताल...

घरमा सामान सकियो ? ११३७ मा फोन गर्नुस्

सरकारले काठमाडौं उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्