जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डिएसपी मुकारुङ बने साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

 न्यूज विराट
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डिएसपी मुकारुङ बने साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर, ४ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कर्तव्य ज्यान जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेकोले प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी जवान टिकाराम खापुङलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क”  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

सम्बन्धित समाचार

एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...

प्रदेश १ मा ९५४ संक्रमणमुक्त, २२७ संक्रमित थपिए

विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।...

प्रदेश सरकार र कर्मचारीबीच विवाद बढ्यो

जनकपुर, फागुन २१–प्रदेश २ सरकारले उपभोक्ता समितिमार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा उपभोक्ता समितिको भुक्तानी दिलाउने पक्षमा रहेको देखिएको छ भने कर्मचारीहरूले प्रक्रिया नमिल्ने...

सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिए

धनगढी, १९ जेठ-सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १८ जनामा काेराेना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । संक्रमितबारे थप विवरण आउन...

लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन...

सीमा सुरक्षा प्रभावकारी भए आन्तरीक सुरक्षा ७० प्रतिशत सावधान हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले देशको आन्तरिक सुरक्षामाको महत्व सबैभन्दा ठूलो कुरा सीमा सुरक्षाबाट हुने बताएका छन् । मोरङको जहदा गाउँपालिका – ७ मा...

चीनसँगको तनावबीच अचानक लेह पुगे मोदी

एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका...

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्