
धनगढी, १९ जेठ-सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १८ जनामा काेराेना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । संक्रमितबारे थप विवरण आउन बाँकी छ ।