विराटनगर २९ साउन । मोरङमा नेपाल प्रेस युनियन मोरङका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् ।
संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा अबान्छित गतिविधि गर्दै हिडेको भन्दै युनियन आबद्ध पदाधिकारी तथा सदस्य गरी १४ जनाले शुक्रबार सामुहिक राजिनामा दिएका छन् ।
राजिनामा दिनेमा नेपाल प्रेस युनियन मोरङका उपाध्यक्ष द्धय कौशल निरौला, हरि कोइराला,सहसचिव धिरज दाहाल, कोषाध्यक्ष केशब न्यौपाने, सदस्यहरु रोशिका अधिकारी, जिना कार्की,निर्मल ढुङाना,बिरेन्द्र साह,सुजन निरौला,भीमराज अधिकारी,अनुज सापकोटा,राज पोखरेल,निशा दाहाल र किशोर श्रेष्ठ रहेका छन् ।
युनियनको संगठन सुदृणीकरणमा ध्यान दिनुपर्ने , आपसी समस्या समाधानका लागि तत्काल बैठक राखि बिशेष अधिबेशन गर्नुपर्ने, सामाजिक सन्जालको दुरुपयोग गर्ने जिम्मेबार सचिवलाई तत्काल निलम्बन गर्नुपर्ने माग राखि राजिनामा गरिएको सह सचिव धिरज दाहालले जानकारी दिए ।