बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

 न्यूज विराट
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

सुनसरी, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको ६ जनाको टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्तिलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । सरकारले छानविन गर्न गठन गरेको कार्यदलले पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।

प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको आन्दोलनरत पक्षको आरोप छ । प्रतिवेदनमा भ्रष्टाचारको आरोप लागेको संस्थाबाटै सामग्री खरिद गरिएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महँगोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको उल्लेख गरिएको छ ।

यस्तै मिलेमतोमा एमआरआई, सिटी स्क्यान मेसिन खरिदमा पटक–पटक बोलपत्र रद्द गरेको, बिना प्रतिस्पर्धा प्रतिष्ठानको जग्गा निजी स्कुललाई भाडामा दिएको, उपकुलपति डा. गिरीको योग्यताबारे छानविन आवश्यक रहेको जस्ता विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

देउवा–प्रचण्डबीच खटपट सुरु : देउवानै भन्न थाले-प्रचण्डकोपछि बेकार लागिएछ

काठमाडौँ, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ। पार्टीको बैठकमा नै देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो । देउवाले...

मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार...

मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिवार राति ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ। साकोसको पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल...

राष्ट्रपतिले गौतमलाई भनिन् : विगतमा जस्तै भूमिका खेल्ने समय आयो

काठमाडौं १८ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले नेकपाभित्र देखिएको विवादका विषयमा चासो राख्दै उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएकी हुन्।...

‘सेलेब्रल पाल्सी डे’ को अवसरमा निःशुल्क दन्त परिक्षण शिविर

विराटनगर । ‘सेलेब्रल पाल्सी डे’ को अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । क्लबले वितगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको सिपी डे केयर सेन्टरका बालबालिकाहरुको लागि दन्त परिक्षण...

वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो...

२४ घण्टामा १ हजार २ सय ५२ वटा नमुना परीक्षण, सबैको नेगेटिभ नतिजा

काठमाडौं, २० वैशाख-पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...

लामो दूरीका सवारी साधन बन्द गरिने

सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्