नेपाल घरेलु तथा साना उद्योग महासंघ र सिटिजन बैंकबीच सम्झौता

 न्यूज विराट
नेपाल घरेलु तथा साना उद्योग महासंघ र सिटिजन बैंकबीच सम्झौता

विराटनगर, २८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबिच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा महासंघ मोरङका अध्यक्ष चेतन निरौला र सिटिजन बैंक विराटनगरका ब्रान्च म्यानेजर प्रकाश नेपालले हस्ताक्षर गरेका छन् । सम्झौतामा महासंघको सिफारिसमा सिटिजन बैंकले महिला उद्यमी एवम् व्यवसायीका लागि सहज र सर्वसुलव ढंगले ऋण उपलब्ध गराउने उल्लेख छ ।

त्यसैगरी २०७५ साल भन्दा पछि दर्ता भएका कृषि उद्योग, बैदेशिक रोजगारबाट फर्किएर उद्यम तथा व्यवसायका गर्ने युवाहरु र परम्परागत पेशा व्यवाय सञ्चालन गर्दैै आएका लक्षित समुदायलाई राज्यले ६ प्रतिशतसम्म ऋणको ब्याजमा दिने छुट अनुसारको ऋण बैंकले उपलब्ध गराउनेछ ।

विनाधितो महिला उद्यमशिलतामा कर्जा लगानीमा कर्जाको बीमा हुनेहुँदा बैंकको लगानी डुब्नेसमेत जोखिम नहुने बैंकका ब्रान्च म्यानेजर नेपालले बताए । कर्जाका लागि महासंघ मोरङ मार्फत सहजीकरण गरिने अध्यक्ष निरौलाले जानकाी दिए ।

सो अबसरमा नेपाल तथा साना उद्योग महासंघ प्रदेश १ का अध्यक्ष राजेश कोइराला , महिला उद्यम समिति मोरङ अध्यक्ष सुनिता छाराहाङ, महासंघ मोरङका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद हुमागाईलगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि थप सामग्री

सुर्खेत, १९ जेठ-कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आज सिङ्गो पार्टी   लाइनमा आउँदा आफ्नो जित भएको बताएका छन् । उपाध्यक्ष गौतमले भनेका छन्, ‘महाकाली सन्धि...

स्पार्क हस्पिटलले सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने, १० पुसमा निःशुल्क शिविर र रक्तदान

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्