स्पार्क हस्पिटलले सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने, १० पुसमा निःशुल्क शिविर र रक्तदान
शुक्रबार, ०८ पुष, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।
हस्पिटलले वार्षिकोत्सव अवसर पारेर पुस १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर र वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हस्पिटलका मिडिया कोडिनेटर रुपेश अधिकारीले जानकारी दिए । बिहान ९ देखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण हुने उनले बताए ।
शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुः खाई, घुँडा जोर्नीहरू दुख्ने, गर्दन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिएको, स्पोर्टस् इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य हाड जोर्नी तथा नशासम्बन्धी रोगहरू उपचार हुनेछ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क जाँच हुनुको साथै शिविरमा आउने बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण हुनेछ । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने बिरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
विशेषज्ञ चिकित्सकहरू उपचार हुँदै आएको स्पार्कमा बिना अपरेशन हानी रहित प्रविधिबाट उपचार गर्दै आएको छ । सातौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम पनि पुस १० गते राखेको हस्पिटलले जनाएको छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेको अवस्थामा रगत नपाएर कोही पनि बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रम पनि गरिएको हस्पिटलले जनाएको छ । प्रत्येक वार्षिकोत्सवमा हस्पिटलले विभिन्न सामाजिक कार्यसँगै बिरामी मैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।
विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ओखलुढंगा प्रहरीले ६० जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा उपस्थिती...
विराटनगर । नेपाल चिकित्कस संघ कोशी प्रदेशले नयाँ वर्षको अवसर पारेर शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना...
विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय...
एजेन्सी, असार ९-भारतको नयाँ दिल्ली कांग्रेसको कार्यकारी समिति (सीडब्लुसी) को बैठक बसेको छ । पार्टी अध्यक्ष सोनिया गान्धीले चीनको विषयमा सरकारको नीतिको कडा आलोचना गरेकी छन् । उनले सीमा क्षेत्रमा अहिले भइरहेको समस्याका पछि भाजपा...
सिन्धुपाल्चोक, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए ।...
काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा...
विराटनगर, साउन ४–सप्तरीको सप्तकोशी नगरपालिकामा प्राबिधिक अनुगमन प्रभावकारी नहुँदा विकासे कामहरु गुणस्तरहित बन्दै गएका छन् । सप्तकोशी नगरपालिकाको वडा नं ४ र ११ मा बनेको पुल र कल्भर्ट क्वालीटि कन्ट्रोल र फितलो अनुगमनका कारण छोटो...