पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

 न्यूज विराट
पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् ।

तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने क्रियाशील पत्रकारहरुलाई लागि आचारसंहिता तालीम कार्यक्रममा सहभागीहरुले पत्रकारहरुहरुले समाचार सङकलन र सम्पेषण मा आचारसंहितलाई ध्यानमा राखि कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकारिता समाजको दर्पणको रुपमा रहेकाले स्वतन्त्र, सत्य र तथ्यमा आधारित भएर खोजमूलक र व्यवसायिक पत्रकारिता गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले महानगरले पत्रकारिता क्षेत्रलाई सहयोग गर्दै आएको छ भन्दै यस क्षेत्रमा युवापुस्तालाई आकर्षण गर्न सङ्घीय सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो । प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले वर्तमान अवस्थामा पत्रकारिता चुनौतिपूर्ण रहेको चर्चा गर्दै आचारसंहितालाई सञ्चारकर्मीहरुले गम्भीररुपमा लिनुपर्ने सुझाव दिनु भयो ।

विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पत्रकारहरुले ज्ञानको आफ्नो भण्डारलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो । फाण्उण्डेशनकी अध्यक्ष सुरु सुवेदी, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारी, मोरङ अध्यक्ष संजिव खनालले आचार संहिताको कार्यान्वयनबाट पत्रकारहरु दक्ष र सुरक्षित हुने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रम संयोजक डिल्लीरमण सुवेदी, प्रेस काउन्सिलका वरिष्ठ अधिकृत दिपक खनाल र विज्ञापन वोर्डका अध्यक्ष हुमागाईले पत्रकार आचारसंहिता विषयक कार्यपत्र पत्र प्रस्तुत गर्नु भएको थियो । तालीममा छापा, विद्युतीय र अनलाईन सञ्चार माध्यमका २५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

यस्तो छ आज दिनभर र राति देशभरकाे माैसम

काठमाडौं, २४ माघ । देशभर  आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे माैसमविद्ले जानकारी दिएका छन् ।...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो...

नेपाल प्रहरीको आईजीपीमा थापा नियुक्त

काठमाडौं, २३ असार-नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् । क्षत्रीलाई सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले आईजीपीमा नियुक्त गरेको हो । क्षत्री नेपाल प्रहरीका २८औँ आईजीपी हुन्...

फाइजर इण्डिया र सेरमद्वारा भारतमा कोरोना खोप प्रयोगका लागि निवेदन

दुई वटा कोरोना भाइरस (कोभिड-१९) खोप उत्पादक कम्पनी फाइजर  इण्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआई) समक्ष आवेदन दिएका छन्।...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

देश बाहिरबाट आएर जानकारी नगराई घर बसे कारबाही

कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्ने भएको छ । त्यस्ता व्यक्तिहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारबाही र दण्ड...

कोशी प्रदेश टप गर्ने विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्