माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

 न्यूज विराट
माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्। ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ ।’

सम्बन्धित समाचार

जग्गा विवादमा कुटपिट हुँदा घाइते एक जनाको मृत्यु

सप्तरी, ११ जेठ-सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए । जग्गाको विषयमा छिमेकीसँग...

माछापुच्छ्रे सहकारीमा अनियमितता, अध्यक्षसहित ४ सञ्चालकबाट ९ करोड २५ लाख घोटाला

विराटनगर । विराटनगर – ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको खुलेको छ । सहकारीको अनियमितता छानविन गर्न गठित...

प्रदेश २ सरकारको निर्णयः वडा कार्यालयको समन्वयमा घरमै राहत

जनकपुर, ६ बैशाख-कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषदको आज सम्पन्ने बैठकले लक्षित परिवारको...

पूर्वमन्त्री पण्डितको पहलमा निर्वाचन क्षेत्रमा राहत हस्तान्तरण

विराटनगर, चैत २९–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा मोरङ क्षेत्र नं. ६ का स्थानीय तहलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । दैनिकज्यालादारी काम गरेर परिवारको जिविकोपार्जन गर्दै आएका परिवारलाई लक डाउनका कारण...

विराटनगरमा इन्टर महिला त्रिकेट प्रतियोगिता शनिबारदेखि, आधा दर्जन विद्यालयको सहभागि

विराटनगर । प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको...

प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण

विराटनगर, ५ वैशाख-प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना...

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व विभागको छापा, भन्सार छली गरेको आशंका

विराटनगर । विराटनगर ११ जनपथटोलमा रहेको कपडाको हलसेल पसल गर्ने स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छापा मारेको छ । आइतबार विभागको टोलीले छापा मानेर सप्लायर्सको कागजपत्र बरामद गरेको छ । विभागले भन्सारबाट...

प्रदेश १ को कोरोना कोषमा जम्मा भयो २८ करोड ७८ लाख

विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्