पार्टी जिवन्त बनाउन केन्द्रीय कमिटीमा गम्भिर छलफल : मण्डल

 न्यूज विराट
पार्टी जिवन्त बनाउन केन्द्रीय कमिटीमा गम्भिर छलफल : मण्डल

विराटनगर, माघ १८–नेपाल कम्युनिष्ट पार्टीलाई जिवन्त बनाउन केन्द्रीय कमिटी बैठकमा घनिभुत रुपमा छलफल भएको नेता शिवकुमार मण्डलले बताएका छन् । नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मण्डलले काठमाडौं स्थित राष्ट्रियसभा गृहमा जारी केन्द्रीय कमिटीको बैठकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्धाहरुको विषयसहित नेकपालाई जिवन्त तुल्याउने विषयमा गम्भिर रुपले छलफल भएको बताएका हुन् ।

नेता मण्डलले नेपालको हितमा रहे नरहेको विषयमा टुंगो नलगाई एमसिसि कुनै हालतमा पारित नहुने बताए । ‘समुहगत छलफलमा एमसिसि हतारमा सरकारले लागु गर्ने भन्दा पनि त्यसको सवै पक्षमा अध्ययन गरि नेपालको हितमा छ कि छैन भन्ने कुराको जव सम्म सुनिश्चीत हुँदैन, तब सम्म कसैले दिएको अनुदान भित्र लुकेको निहित स्वार्थ पूर्ती गर्न नेकपाले दिने छैन ।’ उनले भने,‘एमसिसि अध्ययन र अनुसन्धानको विषय बनेको छ । छलफल र बहसको विषय बनेको छ । यसको परिपक्क र विश्वस्नीयता जब सम्म टुंगो लाग्दैन, तब सम्म यो विषयमा सोच्न सकिँदैन।’

उनले कुनै देशको स्वार्थ पूर्ती हुने खालको बजेट नआउने र निहित सस्वार्थ पुरा गर्न नेकपाले एमसिसि पारित नगर्ने विषयमा बहुमत केन्द्रय सदस्यहरुको जोड रहेको दावी गरे । ‘नेपालले कुनैपनि मुलुकको स्वार्थ पुरा गरिदिन चाकडी गर्दैन । राजनितिक र कुटनितिक मर्यादा भित्र रहँदै कुनै पनि मुलुकलाई असर पर्ने गतिविधिमा नेपाल संलग्न हुनेछैन ।’ नेता मण्डलले भने,‘ सवै देश नेपालका लागि बराबरी हो । भारत चिन हाम्रा असल छिमेकी हुन् । कसैका विरुद्धमा पारिचालित हुनुहुँदैन भन्ने मान्यता पार्टीले राखेको छ । यो बैठकले सवै प्रकारका समस्याहरुको समाधान गर्दै सुदृढ पार्टी बनाएर अघि बढ्ने संकल्पका साथ अगाडी बढ्ने केन्द्रीय सदस्यहरुको मत छ ।’

उनले बैठकले पार्टीलाई सुदृढ बनाउन सवै तहको पार्टी एकता चाँडै सम्पन्न गर्ने, तीब्र गतिमा संगठन विस्तार र जनताका आधारभुत आवश्यकताकाकुराहरु पार्टीले सरकारका माध्यमबाट पुरा गर्नसमेत जोड दिएको जानकारी दिए । नेता मण्डलले तीनै तहको सरकारको परिचालन संयन्त्र मार्फत गतिशिल, प्रभावकारी र जन अपेक्षा पुरा गर्न सक्ने गरि परिचालन गर्ने विषयमा पनि छलफल भएको बताए ।

‘संविधान प्रदत्त जनताका अधिकारहरु कार्यान्वय गर्ने, संघियतालाई सवल र सक्षम बनाउने, तीनै तहको सरकारकारलाई कानुनी रुपले पूर्ण अधिकार प्रदान गर्न सरकारले नेतृत्व गर्नेमा केन्द्रीय कमिटीको जोड छ ।’ उनले भने,‘नेता र कार्यकर्ताका भ्रष्टाचार सम्बन्धी उठेका विषयहरुमा निर्मता र कठोरताका साथ अध्ययन गरि रोक्नेमा हामिले जोड दिएका छौँ ।’ उनले नेपाल कम्युनिष्ट पार्टीको काम र योजनाबाट विश्वले सिक्नेगरी पार्टी अगाडी बढ्ने केन्द्रीय कमिटीको बैठकले निचोड निकाल्ने बताए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College