चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

 न्यूज विराट
चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् ।

यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक व्यवहारको खुलासा गरेकी थिइन् । क्रिस र कम उमेरका केही किशोरीहरूसँग कथित कुराकानी डू मीजुले फेसबुक, ट्विटरमा शेयर गरेकी छन्, जहाँ र्‍यापर क्रिसले उनीहरूलाई कला क्षेत्रमा स्थापित गराइदिने, म्युजिक भिडियोमा खेलाइदिने भन्दै यौन सम्बन्धका लागि लोभ्याएको सुनिन्छ ।

उनको दाबीअनुसार क्रिसले कम उमेरका किशोरीहरूलाई घर बोलाएर रक्सी पिलाउने र यौन सम्पर्क गर्ने गरेका छन् । चीनियाँ अखबार ग्लोबल टाइम्समा डू मीजुले भनेकी छन्, ‘आफ्नो कुरा बाहिर नल्याउन क्रिसले मलाई  ७७ हजार १ सय ६६ डलर दिन खाेजेका थिए ।’

गायन सँगसँगै ‘मिस्टर सिक्स’ (२०१५), ‘जर्नी टु दि वेस्ट : द डेमन्स स्ट्राइक ब्याक’ (२०१७), ‘त्रिपल एक्स : रिटर्न अफ जान्डर केज’ र ‘भलेरियन एण्ड दि सिटी अफ अ थाउजेन्ड प्लानेट्स’मा अभिनय गरेका क्रियकाे करिअर याे घटनापछि धरापमा परेकाे बताइन्छ ।

क्रिसले भने यस्तो आरोप इन्कार गर्दै डू मीजुविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् । यो घटनापछि क्रिसको खुबै आलोचना भइरहेको छ । कतिपयले उनलाई देश छोडेर जानसमेत भनेका छन् । न्युयोर्क टाइम्सका अनुसार कम उमेरका किशोरीहरूलाई यौन सम्पर्कका लागि प्रलोभन देखाएको आरोपपछि नामुद ब्याण्डहरूले उनीसितको सम्झौता तोडेका छन् । लुइस भुटाेन, बुल्गारी, पाेर्स, लाेरियलसहितका ११ कम्पनीले सम्झाैता रद्द गरेका हुन् ।

के-पप ब्यान्ड EXO को सदस्यका रूपमा एसियामा वू चर्चित थिए । सन् २०१४ मा चीन गएर उनले र्‍याप गीत, अभिनयमा काम थालेका थिए ।

सम्बन्धित समाचार

एभरेष्ट स्कुलमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेचि हाउस प्रथम भएको...

प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा...

फागुन १५ देखि जनतासँग माओवादी अभियान, तीन जिल्लाबाट अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ ।कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न...

लकडाउनबाट समस्यामा परेका परिवारलाई नेकपाको साढे ८ लाख सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलका नगर कमिटीले विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरका लागि साढे ८ लाख रुपैयाँ सहयाेगस्वरूप उपलब्ध गराएको छ । लकडाउन लम्बिरहँदा समस्या परेका विपन्न नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री दिलाउन नेकपाले...

एनसिडिए मोरङद्धारा जनचेतना मुलक कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा शुक्रबार अर्गानिक वस्तुको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक...

फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान आग्रह आग्रह

काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्