अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

 न्यूज विराट
अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् ।

यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो । तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरिएको प्रजिअ पराजुलीले बताए ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई दिएको थियो ।

सम्बन्धित समाचार

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र...

लक्षण नदेखिएपछि २७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि...

औषधी व्यवसायीद्धारा कारवाहीको माग राख्दै मेयर कोइरालालाई बुझाए ज्ञापनपत्र

विराटनगर । विराटनगरको कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीमा औषधि ब्यवसायी तथा जनता समाजबादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादबलाई आक्रमण गर्ने नगर प्रहरीलाई कारवाहीको माग राख्दै नेपाल औषधि ब्यबसायी सघं मोरङले कारवाहीको माग राखेको छ...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, २६ साउन-कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका...

तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...

नेइमारमाथिको रंगभेदी टिप्पणीबारे छानविन हुने

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्ट्राइकर नेइमारमाथि दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सेलीसँग भएको खेलका क्रममा विवाद गरेपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। उनले आफूमाथि...

सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

काठमाडौं, ८ असोज । समाज कल्‍याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्