नेइमारमाथिको रंगभेदी टिप्पणीबारे छानविन हुने

 न्यूज विराट
नेइमारमाथिको रंगभेदी टिप्पणीबारे छानविन हुने

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्ट्राइकर नेइमारमाथि दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सेलीसँग भएको खेलका क्रममा विवाद गरेपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। उनले आफूमाथि रंगभेदी व्यवहार भएको बताएका थिए ।

फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेइमारको भनाईबारे पनि छानबिन गर्ने जनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीका तीन र मार्सेलीका दुई गरी पाँच खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण नेइमारलाई रातो कार्ड दिइएको थियो । नेइमार सामाजिक सञ्जाल मार्फत पनि आफूमाथि रंगभेदी व्यवहार भएको आरोप लगाउँदै छानबिनका लागि माग गरेका छन्। अल्भारोले भने नेइमारको आरोप अस्वीकार गरेका छन् ।

नेइमारसँगै रातो कार्ड पाएका पीएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि प्रतिबन्ध गरिएको छ । यस्तै पीएसजीका लियान्ड्रो पारेडेसलाई पनि दुई खेलका लागि प्रतिबन्धित लगाइएको छ । मार्सेलीका जोर्डन एमावीलाई तीन खेल र डारिओ बेनेडिट्टोलाई एक खेलको प्रतिबन्ध लगाइएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा तीन अस्पतालका ११ जनामा कोरोना

विराटनगर, साउन २१-विराटनगरका तीन अस्पतालका चिकित्सकसहित ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विराटनगरस्थित कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ...

ओलीसँग छलफल गर्न प्रचण्डसहित पाँच सचिवालय सदस्य बालुवाटारमा

काठमाडौं, २२ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।  शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको छलफलअनुसार प्रचण्डसहित सचिवालय सदस्य...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

काठमाडौं आइपुग्यो जापानले दिएको खोप

जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत जापानले उपलब्ध गराउने १६ लाख डोजमध्ये ५ लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको हो । आइतबार थप खोप नेपाल आउने...

नेपालमा कोरोना परीक्षण ६० हजार नाघ्यो, रेड जोनमा ३ सय १५ जना

काठमाडौं, १९ वैशाख-सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

अमेरिकामा बेरोजगारको वृद्धिदर १९४८ पछिकै सबैभन्दा धेरै

एजेन्सी, जेठ १६-कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रति दिन बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम...

महाराजगञ्ज प्रहरीको दबंग शैली छानविन गर्न एसएसपीको नेतृत्वमा ३ सदस्यीय समिति

काठमाडौं, ४ बैशाख-प्रहरी दबंग शैलीमा उत्रिन खोज्दा डाक्टरमाथि नै लाठी चार्ज भएको छ । बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टरमाथि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्