काठमाडौं, साउन १-नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा आज भएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने पनि बताएको छ । बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताउनुभयो । उहाँले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताउनुभयो । त्यस्तै अन्तमा उहाँले आजको संसदीय दलको बैठक पनि नरोकिने सुनाउनुभयो ।