आज विराटनगरमा ११ जना कोरोना संक्रमित थपिए

 न्यूज विराट
आज विराटनगरमा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११, सुन्दरहैचामा ३, सुनबर्षी, बेलबारी, कटहरी, बुढीगंगा, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ८, धरान र इनरुवामा ३–३, गढी, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुर, बाहृदशी, हल्दिबारी र कचनकवलमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११९ महिला र १५७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ७५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

अनेरास्ववियु प्रदेश नं. १ को कार्यालय उद्घाटन

विराटनगर, २५ असोज । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुल प्रदेश नं. १ मा कार्यालय खोलेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विराटनगरमा स्थापना गरिएको प्रदेश कार्यालयको आज उद्घाटन गरिन् । कार्यालयको उद्घाटनपछि शुभकामना आदानप्रदान...

महोत्तरीमा एकै गाउँपालिकाका २ सय ७३ जनामा कोरोना पुष्टि

महोत्तरी, ४ असार-महोत्तरीको सम्सी गाउँपालिका गएराति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २ सय ७३ जनाको कोरोना नतिजा पोजिटिभ आएपछि राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्म सो...

देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता

विराटनगर । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय...

आन्तररिक राजश्व कार्यालय विराटनगरामा बिचौलियाको चलखेल बन्द

विराटनगर, माघ १३–सरुवा भई आउने वित्तिकैदेखी करदाताको सेवा प्रवहलाई अझ सहज बनाएका आन्तरिक राजश्व कार्यालय विराटनगरमा प्रमुख कर अधिकृतले विमल सापकोटाले बिचौलियालाई कार्यालय परिसर भित्र प्रवेशमा रोक लगाएका छन् । करदातालाई सहयोग गर्ने नाममा जथाभावि...

बनेपाबाट ९ लाख रुपैयाँ चोरी भागेका अभियुक्त पक्राउ 

काठमाडौं, ४ असार-बनेपाबाट पसल चोरी गरेर ९ लाख रुपयाँ लिएर भागेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितव रत्ननगरपालिका–१ का प्रकाशजंग कुँरव छन् । उनलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको...

भारतले दियाे नेपाललाई ३० हजार पीसीआर किट

काठमाडौं, जेठ ४-भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो...

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्