मोरङमा अघि बढ्यो एमालेः संगठनात्मक अराजकता र अवैधानिकता समाप्त, वैधानिक कार्यकर्ताबाट अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ

 न्यूज विराट
मोरङमा अघि बढ्यो एमालेः संगठनात्मक अराजकता र अवैधानिकता समाप्त, वैधानिक कार्यकर्ताबाट अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ

विराटनगर, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले बैधानिक कार्यकर्ताहरुबा अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले सांगठनात्मक अराजकता र अवैधानिकता समाप्त गर्दै बैधानिक कार्यकर्ताहरुबाट अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले पार्टी सदस्य व्यवस्थापन अन्तर्गत २०७८ चैत मसान्तसम्मको सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । उनले नवीकृत पार्टी सदस्यलाई भदौ भित्रमा परिचय पत्रसमेत वितरण गरिने बताए । अध्यक्ष पोखरेलका अनुसार मोरङमा नेकपा एमालेका २५ हजार बढी पार्टी सदस्य छन् ।

त्यसैगरि संग्ठनात्मक व्यवस्थापन अन्तर्गत सवै पालिका तथा वडा कमिटीको अधिवेशन गर्ने पनि बैठकले निर्णय गरेको छ । सो बैठकले जिल्लाका १५९ वटा वडा पार्टी कमिटीको एकैदिन पारेर भदौ ५ गते र महानगरपालिका, नगरपालिका, तथा १७ वटै पालिकामा पालिका कमिटीको भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।

त्यस्तै पार्टीका २४ वटै जन जनसंगठनहरुको जिल्ला तथा सवै पालिका कमिटीहरु आगामी साउन मसान्त भित्रमा निर्माण गर्ने निर्णय भएको जनाइएको छ । बाढी, पहिरोबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि आवस्यक सहयोग तथा स्वयंसेवकीय, संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवस्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, टे«ड युनियन महासंघ र खेलकुद महासंघलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ ।

एमाले नेता विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी भदौ भित्रमा सवै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवै क्षेत्रप्रति आभार प्रकट गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोरोना संक्रमण तथा अन्य कारणबाट निधन भएका पार्टीका नेता कार्यकर्ताहरुलगायत सवैमा श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरि पार्टी जिवनमा महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णयहरुसहित एमाले मोरङको बैठक सौहार्दपूर्ण वातावरणमा भव्यरुपले सम्पन्न भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

बैठकमा नेता विनोद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

महाधिवेशनपछि पहिलोपटक पत्रकारसँग भेटघाट गर्दै ओली

काठमाडौं, २३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक  पत्रकारसँग भेटघाट गर्दैछन् । अध्यक्ष ओलीले आज दिउँसो साढे १२ बजे पत्रकारसँग अन्तरक्रिया गरन लागेका हुन् । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा...

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

प्रदेश २ मा सरकार परिवर्तनको संकेत !

जनकपुर, माघ १८प्रदेश सरकारका एक राज्यमन्त्रीले राजीनामा दिएको दुई दिनपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यसबारे टिप्पणी गरेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार राजीनामा दिनुको कारण उनकै पार्टी रहेको...

जाे बाइडेन र सी चीनफिङबीच वार्ता हुँदै

पछिल्ला दिनमा बिग्रिँदै गएको चीन र अमेरिकाको सम्बन्ध सुधारका लागि आज दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच वार्ता हुन लागेको हो । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच...

क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु

बुटवल, २७ वैशाख-दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् । २ दिनदेखि क्वारेन्टाइनमा बसेकी यादवले शुक्रबार जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्...

चन्द्रमामा पानी भेटियो, मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता

एजेन्सी, ११ कात्तिक-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ । यसअघि चन्द्रमाको...

महिलाले शव बोकेर घाटसम्म पु¥याए

तनहुँ ६ कात्तिक-छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्