महाधिवेशनपछि पहिलोपटक पत्रकारसँग भेटघाट गर्दै ओली - News Birat

महाधिवेशनपछि पहिलोपटक पत्रकारसँग भेटघाट गर्दै ओली

न्यूज विराट

काठमाडौं, २३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक  पत्रकारसँग भेटघाट गर्दैछन् । अध्यक्ष ओलीले आज दिउँसो साढे १२ बजे पत्रकारसँग अन्तरक्रिया गरन लागेका हुन् ।

काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गरिएकाे प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । सौराहामा १० मंसिरदेखि भएको महाधिवेशनले ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको थियो ।

२५-२६ मंसिरमा एमाले केन्द्रीय कमिटीको बैठक बस्नुअघि हुने पत्रकार भेटघाटमा समसामायिक राजनीतिक परिस्थिति, आगामी रणनीति तथा पार्टी अभियानबारे अध्यक्ष ओलीले धारणा राख्ने बुझिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles