प्रदेश १ का डिआइजी भन्छन्ः अपराध र तस्करीलाई निश्तेज पार्छु

 न्यूज विराट
प्रदेश १ का डिआइजी भन्छन्ः अपराध र तस्करीलाई निश्तेज पार्छु

विराटनगर, २१ असार । प्रदेश नं. १ का नवनियुक्त प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसिले आफ्नो विवेक र ब्रम्हले भ्याएसम्म अपराध र तस्करीलाई निश्तेज पार्ने बताएका छन् ।

भर्खरै १ नम्बर प्रदेश प्रहरी कार्यालय सरुवा भएर आएका डिआईजी बिसिले सोमबार दिउँसो प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित संचारकर्मीसंगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले अपराध र तस्करी नियन्त्रण आफ्नो मुल मन्त्र रहेको बताए । संचारकर्मी सामु आफ्ना भावी ७ बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले आफुले प्रहरीको ब्यवसायिकता र आर्थिक पार्दशितालाई प्राथमिकतामा राखेको बताए । उनले कुनैपनि प्रहरी कर्मचारी ब्यवासायिक दायरा बाहिर गए कडा कारवाही गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

डिआईजी बिसिले प्रदेश एक भारतसंगको खुला सिमा जोडिएको स्थान रहेकोले तस्करी र सिमाजन्य अपराध अत्याधिक हुने गरेको बताउदै त्यसलाई नियन्त्रण तथा न्यूनिकरण गर्न अन्य निकायसंग सहकार्य गरेर नियमन गरिने समेत उल्लेख गरे । डिआईजी बिसिले यसअघि एसपीको रुपमा एक कार्यकाल जिल्ला प्रहरी कार्यालय मोरङको कार्यभार सम्हालिसकेका छन् ।

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा मोरङ र इलाम विजय

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् । पहिलो खेलमा मोरङले...

कृषि सामाग्री कम्पनी विराटनगरद्वारा सहकारीलाई युरिया मल वितरण सुरु

विराटनगर, २९ साउन । धानबालीको उत्पादन वृद्धिका लागि आवश्यक पर्ने युरिया रसायनिक मल कृषि सामाग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि वितरण कार्य शुरु गरेको छ। कार्यालयका प्रमुख नरेश कुमार सापकोटाले अहिले कम्पनीमा सात हजार ५००...

तेस्रो प्याब्सन कप : गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् । विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा...

भारतको क्वारेन्टाइनमा २१ सय नेपाली, नेपालमा ७ सय भारतीय

नेपाल आउनका लागि सीमा नाकामा भारततर्फ रहेका २१ सय नेपाली क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै २१ सय नेपाली भारतीय क्वारेन्टाइनमा रहेको जानकारी गराएका हुन् । त्यस्तै, ७ सय भारतीय...

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...

नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित

शेयरबजारमा साताको पहिलो दिन आइतबार नै नेप्से सूचक ५० अंकको उछाल आउँदा एकै दिन १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित बनेका छन् । हरियाली बनेको बजारले सो कम्पनीको शेयरमूल्य बढाउँदा लगानीकर्ता खुसी भएका हुन् ।...

कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए...

१०३ घर परिवारलाई एउटै मात्र धारो !

गलेश्वर,२८ असोज-देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्