
विराटनगरमा ४४ सहित प्रदेश १ मा आज १ सय ३७ संक्रमित थपिए
विराटनगर, १७ भदौ-प्रदेश १ मा बुधबार १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा बुधबार कोरोना पुष्टि...
काठमाडौं, २१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । १६ वैशाखदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।
कोषका सदस्य सचिव डा. प्रदीप ढकाले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।
गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । चैत २०७६ मा पहिलो सातादेखि मंसिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो । गत ९ पुसदेखि बिहान छ बजेदेखि मध्यान्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो ।
वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्य सचिव डा. ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउँछन् । कोरानाका कारण पशुपति क्षेत्र सुनसान छ ।
भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ । पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ । कोरोनाका कारण निधन हुनेको संख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ ।
कोरानो उच्च बिन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि बागमती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीयसमेत १५ घाट सेवा उपलब्ध छ । रासस
विराटनगर, १७ भदौ-प्रदेश १ मा बुधबार १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा बुधबार कोरोना पुष्टि...
सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उक्त घटनामा...
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङका सक्रिय पत्रकार नवीन कर्ण ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । अर्जुनधाराको...
संखुवासभा, २९ वैशाख-मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि पलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको...
विराटनगर । विराटनगर – ११ स्थित बिकेभिएम स्कुलदेखि दक्षिण पछाडी फोहर र दुर्गन्धित बनेको छ । बजार क्षेत्रका सडक तथा नालामा फालिएका फोहर सडेर दुर्गन्धमय बनेको हो । एक हप्ताभन्दा बढी दिनदेखि फोहर उठाउने चासो...
विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...
काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...
नेकपा (एमाले) को संसदीय दलको बैठक सकिएको छ । बैठकले विधानलाई संशोधनसहित पारित गरिएको सचेतक विशाल भट्टराईले बताए । आइतबार बसेको संसदीय दलको बैठकमा कार्यदलले विधान प्रस्तुत गरेको थियो । बैठकमा विधान संशोधनका लागि गठित विशाल...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.