
काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण
आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...
काठमाडौं, २० असार । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट संशोधन हुने भएको छ । संसोधन भएपछि नेपाली व्यवसायीले जुनसुकै कार्गो रेलमार्फत भारतबाट सामान ल्याउन पाउँनेछन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संशोधनको ड्राफ्ट भारत सरकारलाई पठाएको मन्त्रालयको एक अधिकारीले बताएका छन् । रेलवे सर्भिस एग्रिमेन्ट संशोधनका लागि नेपालले सन २००९ देखि प्रयास थालेको थियो ।
यो बीचमा कैयौं पटक वार्ता तथा संशोधनको ड्राफ्ट माथि छलफल भएको थियो । तर छलफल प्रभावकारी नबन्दा संसोधन हुन सकेको थिएन । अहिले भने भारत यस विषयमा सकारात्मक देखिएकाले संशोधनको प्रस्ताव पठाएको ती अधिकारीले बताए । उक्त सम्झौता संसोधन प्रस्ताव स्विकृत भए नेपालले जुनसुकै कार्गो रेलमार्फत सामान ल्याउन पाउनेछ । अहिलेसम्म भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाउने व्यवस्था छ ।
एउटा मात्रै कम्पनीबाट सामान ल्याउँदा नेपालका उद्योगी व्यवसायीले लामो समय कुर्नुपर्ने र लागत समेत महंगो तिर्नुपर्ने अवस्था भएको व्यवसायीहरुले बताएका छन् । संशोधनपछि जुनसुकै रेलमार्फत समान ल्याउन पाइने हुनाले अगाडी जुन छ त्यहीबाट अर्थात जुन सस्तो छ त्यसैबाट प्रतिस्पर्धात्मक ढंगले सामान ल्याउन पाउँने व्यवसायीहरुले बताएका छन् ।
अहिलेसम्म कंकोरले र्याक उपलब्ध गराएपछि मात्रै नेपालमा सामान ल्याउन सकिन्थ्यो । अब जुन खाली रेल छ, उतैबाट सामान ल्याउन सकिने व्यवस्था हुनेछ । यद्यपि, नेपाल–भारत दुबै पक्ष सहमत भएपछि मात्रै रेलवे एग्रिमेन्ट संशोधन हुनेछ । तर संसोधन पक्का जस्तै भएको ती अधिकारीले बताएका छन् । यस विषयमा सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिने मन्त्रालयको तयारी छ । यस्तै संसोधन पछि अहिलेसम्म वीरगन्ज र कलकत्ताबाट मात्रै रेलवे सेवा पाइरहेका अबदेखि विराटनगर–हल्दिया–कोलकात्ता र वीरगन्ज हल्दिया–कोलकात्ता हुने भएको छ ।
यसलाई उद्योग बाणिज्य महासंघले ऐतिहासिक सम्झौता भनेको छ । आफुहरुले लामो समयदेखि उठाउँदै आएको विषय अहिले आएर सम्बोधन भएको एफएनसिसिआईका अध्यक्ष शेखर गोल्छाले बताए । नेपाली उद्योगको व्यापारमा लागत धेरै भएको र यसको उत्पादन महंगो हुने भएकोले व्यापारघाटा बढेको छ । यस सम्झौताले कच्चा पदार्थ तेस्रो देशबाट आयात गर्दा प्रतिस्पर्धी दरमा रेलमार्फत सामान ल्याउन सकिने र लागत घट्ने गोल्छाले बताए ।
आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...
विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका...
काठमाडौं, २३ जेठ-म्यानमार सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका २६ नेपालीलाई नेपाल पठाएको छ । नेपाली सेनाले गरेको प्रस्तावलाई स्वीकार गर्दै म्यानमारको एयरफोर्सबाट २६ नेपाली ल्याइएको हो । नेपाली लिएर आएको जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय...
विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् । असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा...
विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकको विराटनगरस्थित एम्स हस्पिटलमा सफल उपचार भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा। राजेश यादवले सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त...
काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...
कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूकाे समूहले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । उनको...
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.