शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

 न्यूज विराट
शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव पक्षको निर्णय

काठमाडौं, १७ असार । नेकपा एमालेको माधव नेपाल समूह शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ ।

बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो ।

संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ को बैठकनै डेडलाइन हुने बताएको छ । नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ ।

माधव पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए ।

सम्बन्धित समाचार

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराती

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

एकै दिनमा ३ सय ३४ कोरोना संक्रमित थपिए

काठमाडौं, २२ जेठ-नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार नेपालमा थप ३३४  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देकोटाले आज देशभरका विभिन्न...

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी, माघ १–सप्तरीको तिलाठी कोलाडी गाउँपालिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको...

छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी चन्द्रकलाको ९ दिनपछि मृत्यु

विराटनगर । छिमेकीको कुटाइबाट गम्भिर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका – ३ की २६ बर्सिया चन्द्रकला रायको उपचारको क्रममा मृत्यु भएको छ । निर्घात कुटपिट गरेको नौ दिनपछि उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा आइतबार दिउँसो...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

विराटनगर, ११ माघ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्