सरकारको चेतावनी : कोरोना खोप लगाउँदा पैसा लिनेलाई कारबाही हुन्छ

 न्यूज विराट
सरकारको चेतावनी : कोरोना खोप लगाउँदा पैसा लिनेलाई कारबाही हुन्छ

काठमाडौं, १४ असार । सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्रअनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आह्वानसमेत गरे ।

मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ । मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ’,सूचनामा भनिएको छ, ‘त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौै ।’

नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ । कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ । यही २२ असारबाट पुनः ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ ।

सम्बन्धित समाचार

गाईको बाछाे काटेर खाएको आरोपमा ३ जना पक्राउ

झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।...

आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते सैनिक जवान आचार्यको विराटनगरमा निधन

विराटनगरमा, १८ माघ । आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको मृत्यु भएको छ । तालिमका क्रममा आफैँले बोकेको ग्रिनेट पड्किँदा सैनिक जवान आचार्य दुई महिनाअघि घाइते भएका थिए । घाइते आचार्यलाई सेनाले उपचारका लागि...

कांग्रेस महामन्त्रीको मतगणना सुरु, ६ घन्टामा नतिजा आउने दाबी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीका अनुसार मतगणना तीन स्थानमा सुरु गरिएको र । छ घण्टाभित्र मतपरिणाम आइसक्ने उनले...

स्थायी कमिटीबाट समस्या समाधान गर्ने नेकपा सचिवालयको निर्णय

नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...

दाहाल–नेपाल समुहलाई कांग्रेसले दियो अर्को झट्का

जनकपुरधाम, माघ २४-नेपाली कांग्रेसले प्रचण्ड–नेपाल समुहलाई अर्को झट्का दिएको छ । सयुक्त आन्दोलनका लागि पटक पटक कांग्रेसको दैलोमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कांग्रेसले अदालतको फैसला नआएसम्म केही हुन नसक्ने प्रतिक्रिया दिदै आएको...

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

एजेन्सी, बैशाख २२-कोरोना भाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठान बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो...

कक्षा १२ को परीक्षामा मेरील्याण्डको फेरी पनि सर्वोत्कृष्ट नतिजा, दर्शिल र जतिनले ल्याए ३.८७ जीपीए

विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षामा...

२४ सय संक्रमित थपिँदा ३५ सय डिस्चार्ज, ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४ सय १४ जनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्