नेपाललाई नयाँ पार्टी खोल्न सुझाउँदै बिजुक्छेले भने – गठबन्धनलाई सरकारको विरोध गर्ने अधिकार छैन

 न्यूज विराट
नेपाललाई नयाँ पार्टी खोल्न सुझाउँदै बिजुक्छेले भने – गठबन्धनलाई सरकारको विरोध गर्ने अधिकार छैन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।

मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सत्ताका लागि राजनीतिक अस्थिरतालाई कायम राख्दै चुनावी बाटोसमेत रोक्न खोजेको उनको तर्क थियो ।

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष केपी ओलीसँग मिल्नै नसक्ने भए नयाँ पार्टी बनाउन सुझावसमेत दिँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले भने, ‘सत्ताका लागि भागवण्डामा लाग्नेले सरकारको विरोध गर्ने नैतिक अधिकार हुँदैन, सधै सरकारको विरोध गरेर अस्थिरता राख्नु हुँदैन, माधव नेपालले ओलीसँग नमिलेको हो भने अलग्गै पार्टी बनाउन कसले रोकेको छ ?’

देशलाई सधै राजनीतिक अस्थिरतामा राख्नु भन्दा चुनावमा जानु नै उत्तम विकल्प भएको भन्दै उनले संसारका विभिन्न देशमा पनि कोभिड–१९ का बीच निर्वाचन भइरहेको भनाइ राखे ।

आफ्नै नेतृत्वमा सरकार गठन गरेर चुनाव गराउने स्वार्थमा अहिले दलहरू लागेको टिप्पणी गर्दै बिजुक्छेले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने उत्तम विकल्प चुनाव मात्रै हो, चुनाव यहाँ मात्र सम्भव छैन भन्नु ठिक होइन, आफैँ सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण अहिले दलहरुबिच झगडा भइरहेको छ, शासकहरू स्वच्छ मतिले बोलिरहेका छैनन् ।’

सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गर्नुको अर्थ पनि अब निर्वाचन हुन्छ भन्ने नै हो भन्दै उनले चुनावबाटै निकास खोज्नुपर्ने औँल्याए । बिजुक्छेले भने, ‘कम्युनिस्टहरुले पूँजीपति वर्गलाई कहिल्यै शासनमा ल्याउँदैनन्, तर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधन नेपालले नेपाली कांग्रेसलाई या शेरबहादुर देउवालाई अहिले आएर प्रगतिशील देख्नुको पछाडि केही रहस्य हुनुपर्छ ।’

उनले संसद र राजतन्त्र पुनर्स्थापना नहुने दाबी गर्दै भने, ‘वेस्ट मिनिस्टर सिस्टम असफल सिद्घ हुँदैछ, घुमाइफिराइ चीनको राजनीतिक व्यवस्थामा जानुको विकल्प छैन ।’

बिजुक्छेले थपे, ‘शासक दलहरू भारतबाट प्रभावित भएका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ, आफूले भने जस्तो नगरे भारतले पुरानो खाता पल्टाउला भन्ने सबैमा डर छ, अहिले भारतको दुवै हातमा लड्डु छ, देशमा अहिले विदेशी प्रभाव छ भने त्यो दक्षिणको मात्रै प्रभाव छ ।’

विगतमा देउवा नेतृत्वकै सरकारले माओवादीका नेताको टाउकाको मूल्य तोकेको स्मरण गराउँदै उनले आफ्नो टाउकोको मूल्य तोक्नेलाई नै अहिले प्रधानमन्त्री बनाउन खोज्नुको रहस्य के हो ? भनेर प्रश्न गरे । रासस

सम्बन्धित समाचार

उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो। पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा...

यातायातमा ६२ करोड भ्रष्टाचार प्रकरण : तत्कालीन प्रमुखसहित पाँच जना गए कारागार

विराटनगर । राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी...

एनसीडीए कोशी प्रदेशको अध्यक्षमा धनराज काफ्ले निर्वाचित

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको अध्यक्षमा विराटनगरका धनराज काफ्ले निर्वाचित भएका छन् । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन काफ्लेले झापा विर्तामोडमा रहेको ओसन मेडिकियर प्रालिका संचालक नगेन्द्रप्रसाद बराललाई २१...

कोरोनाबाट आमाको मृत्युपछि अस्पतालमा ९ दिने शिशु

काठमाडौं, ३ जेठ-सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर पुगेपछि बिरामी परिन् । स्थानीय अस्पतालमा...

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुरेशराज सुवेदीसहित प्यानलै निर्वाचीत

विराटनगर, पुस ३–निर्माण व्यवसायी मोरङको अध्यक्षमा सुरेशराज सुवेदी निर्वाचीत भएका छन् । विाटनगरमा बुधबार सम्पन्न संघको २५ औँ साधारणसभाबाट दमन विक्रम थापालाई ३९ मत अन्तरले पराजीत गर्दै अध्यक्षमा सुवेदी निर्वाचीत भएका हुन् । सुवेदीले १...

आज विराटनगरमा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास...

मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...

अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ । पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्