एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

 न्यूज विराट
एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

कञ्चनपुरस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका- ४ महेन्द्रनगर बजारको गल्ली नं. ५ मा रहेको एनआईसी एसिया बैंकमा जडान गरिएको एटीएम मेसिन तोडफोड भएको थियो ।

बुधबार राति ८:३० बजे बैंकको एटीएम मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सीसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा कोरोना संक्रमित १ हजार नाघे

विराटनगर, १६ साउन–प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । झापाको मेचीनगरमा...

आफूमाथिको आरोप प्रमाणित गर्न सांसदलाई मन्त्री सुनारको चुनौती

काठमाडौं, २६ जेठ-युवा तथा खेलकूदमन्त्री जगत बहादुर सुनारले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदले राखेको...

रोटरी क्लबद्वारा सदस्यहरुलाई अभिमुखिकरण

विराटनगर, २५ साउन । रोटरी क्लबले नयाँ सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार रोटरी क्लबले नयाँ सदस्यहरुका लागि भर्चुअलरुपमा जुम एप मार्फत अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । डिस्ट्रक्ट गभर्नर जितेन्द्र बहादुर...

संविधान संशोधन विधेयक स्वीकृत

काठमाडौं, २७ जेठ-प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र...

विराटनगरमा साकेलाको रमझम (फोटो फिचर )

विराटनगर । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । यसैक्रममा विराटनगर ११ साकेला थानमा किरात राइ यायोख्खाले साकेला नाच र विराटनगर १५ किरात...

एसिया कप : भारतविरुद्ध आसिफ शेखको अर्धशतक

विराटनगर । एसिया कपमा नेपालका आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा शेखले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । आसिफले गत फागुनमा क्रिकेट विश्वकप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्