सर्वाेच्चमा एमालेको पुनरावेदन निवेदन, केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

 न्यूज विराट
सर्वाेच्चमा एमालेको पुनरावेदन निवेदन, केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिनुभएको हो ।

निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकोले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने जिकिर गरिएको छ । सिंहको इजलासले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारवाही बदर गर्दै कर्णालीका चार सांसदहरुको पुनर्बहाली गरेको थियो । चारमध्ये ३ सांसद माओवादी नेतृत्वको कर्णाली सरकारमा मन्त्री रहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा माधव नेपाल समुहका सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर विश्वासको मत दिनुभएको थियो । पार्टी निर्णय र संसदीय दलको ह्वीप उलंघन गरी मतदान गरेपछि एमालेले कार्वाही गरेको थियो ।

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ३८३ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोना भाइरस...

जवरजस्ती करणीको आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

विराटनगरमा एक १९ बर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गत असार २८ गते किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर– ३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई पक्राउ गरेको...

विद्यालयले नैतिक शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिएर अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।उनले...

देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएकै दिन माधव समूह अलग, अल्पमतमा विपक्षी गठबन्धन

काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै...

विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

काठमाडौं, ११ वैशाख-मध्यरातमा भएको सहमतिअनुसार निर्वाचन तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । बिहिबार दल दर्ता १३८८ मा दर्ता गरिएको हो ।  अहिलेलाई नयाँ दलको...

कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु

विराटनगर, १८ असोज-विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा आइतबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर- ९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा....

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्