जसपामा किचलो : यादव समूहले लगायो ठाकुर पक्षले जालसाजी गरेको आरोप

 न्यूज विराट
जसपामा किचलो : यादव समूहले लगायो ठाकुर पक्षले जालसाजी गरेको आरोप

काठमाडौं, ५ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण फेरेकोप्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । यादवले पक्षले शनिबार विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरेको आरोप लगाएको हो ।

जसपा यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले निर्वाचन आयोग, पार्टीपंक्तिलाई गुमराह गर्ने उद्देश्यले नक्कली बैठक ‍पुस्तिका तयार गरेर अनैतिक कार्य गरेको बताएका छन् ।

गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरू सोही दिन अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने निर्णय कतै नभएको प्रचार विभाग प्रमुख खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी झूटो विवरण लेखी किर्ने, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् । निर्वाचन आयोग पार्टीपंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्तो नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक गैरकानुनी तथा दण्डनीय कार्य हो’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

उत्तर कोरियामा पनि कोरोना भाइरस

एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ । यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको...

लुम्बिनीको पर्यटन विकासका लागि बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन 

काठमाडौं,  २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ ।  लुम्बिनी तथा बुद्घ र...

व्यापारीको बदमासी, पाँच किलो ‘जुनेली’ चनामा २५० ग्राम ढुङ्गा र माटो भेटियो

विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...

कैलालीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्यो

धनगढी, १ वैशाख-कैलालीमा थप १ जना कोरोना संक्रमित भेटिएकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका– १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १...

कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

विराटनगर, १४ जेठ-कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजिटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी सुरू गरेको प्रदेश सरकारले जनाएको...

मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार...

मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्