पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

विराटनगर, १६ मंसिर–प्रदेश १ मा मंगलबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश १ बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा सात, कनकाई र शिवसताक्षीमा चार÷चार, अर्जुनधारामा तीन, मेचीनगरमा दुई, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, मोरङको विराटनगरमा ४०, बेलबारीमा तीन, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा दुई÷दुई, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका एक जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईमा आठ, इलाम नगरपालिका र रोङमा एक÷एक, पाँचथरको फिदिम र मिक्लाजुङमा एक÷एक, तेह्रथुमको लालिगुराँसमा दुई, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा एक÷एक र प्रदेश १ बाहिरका नौ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४ सय ४१ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ९२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८३, विराट मेडिकल कलेजबाट पाँच, मेची अस्पतालबाट तीन र बीपी कोभिड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३ सय ७७ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ८ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५५ महिला र १ सय २४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा साढे १४ सयको परिक्षण गर्दा चार सय ६८ मा कोरोना पुष्टि, दुई सय २१ डिस्चार्ज

विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई,...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर, ९ मंसिर प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा तीन, पाँचथर, तेह्रथुम र उदयपुरमा...

यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । दुर्घटनापछि यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई शनिबार पक्राउ गरेको...

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हो । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको...

कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत...

विराटनगर आएर मिनेन्द्र रिजालले भने–जंगली माओवादीलाई हामीलेनै मुलधारको राजनीतिमा ल्याएका हौँ

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जंगलको माओवादीलाई मुलधारको राजनीतिमा आफ्नो पार्टीले ल्याएको दावी गरेका छन् । विराटनगरमा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलेनै माओवादीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्