साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

 न्यूज विराट
साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्नुपर्छ । सोहीअनुरूप असारभित्रै अन्तिम मूल्याङ्कन गर्न बोर्डले विद्यालयहरूलाई भनेको हो ।

‘हामीले गत साल कार्यविधि बनाएर कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गर्नुपर्ने भनेका थियौँ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अहिले पनि विद्यालयहरूलाई सोही कार्यविधिअनुरूप चल्न र साउनबाट कक्षा १२ को पढाइ सुरु गर्न भनेका हौँ ।’बोर्डले गत वर्ष कार्यविधि बनाएर कक्षा ११ को मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र...

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...

नेकपा मोरङद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

विराटनगर, बैशाख ५–नेपाल कम्युनिष्ट पार्टी(नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।...

समाजवादीमा पहिरो थाम्ने कोशिस, भट्टराईले गरे फोन संवाद

काठमाडौं, ११ बैशाख-पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले पार्टी विभाजनको तयारीमा रहेका भनिएका नेताहरु रेणु यादव र मोहम्मद इस्तियाक राईसँग फोन संवाद गरेका छन् । सो पार्टीका नेता विश्वदिप पाण्डेले पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई...

महानगरको डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु...

सुर्तीजन्य पदार्थ कोरोनाको बहाक: मन्त्री घिमिरे

विराटनगर, जेठ १८–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताउनुभएको छ । सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उनले बताए...

सरकारले कित्ता काट खोल्न गरेको पत्राचार स्वागतयोग्यः व्यवसायी

विराटनगर, २४ भदौ-मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४...

मिल्स टि–२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्