धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

 न्यूज विराट
धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

विराटनगर, ३१ जेठ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ ।

आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकाल नेतृत्वको टोलीले प्रतिष्ठानमा छापा मारेर प्रतिष्ठानविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको हो ।

टोलीले शिक्षाध्यक्ष डा.गुरु खनालसँग भेट गरी लेखा शाखा, खरिद शाखा तथा मूल्याङ्कन शाखाबाट केही महत्त्वपूर्ण विषयमा विभागका कर्मचारीहरूलाई सोधपुछ गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले प्रतिष्ठानमा भइरहेको अनियमितताको विभिन्न विषयहरूमा उजुरी परेकाले अनुसन्धान र अनुगमन गरेको जानकारी दिए । प्रतिष्ठानसँग सम्बन्धित धेरै उजुरी आयोगमा परेको भएपनि प्रभाबकारी अनुसन्धान नभएको भन्दै आलोचना भइरहेको छ ।

टोलीले खरिद तथा मूल्याङ्कन शाखाबाट केही कागजातहरू लिएर गएको छ । यसबारेमा अख्तियारले अनुसन्धानको क्रममा रहेको भन्दै केही जानकारी दिएको छैन ।

सम्बन्धित समाचार

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो । संविधानको धारा १६८...

त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

काठमाडौं, ५ वैशाख-कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार साे विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका...

बीआइएममा नेपाल टप गर्ने आस्मा र उत्कृष्ट हुने सपनालाई हिमालय दर्शनको सम्मान

विराटनगर । त्रिभूवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधार र सपना झालाई सम्मान गरिएको छ । हिमालय कलेजले आइतबार विहान...

निशानदेवीले वितरण गर्यो मोरङका पत्रकारलाई सुरक्षा सामग्री

विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच...

तेस्रो मिल्स टि– २० क्रिकेट : विराटनगरको वाइआरसीसी फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगेको हो...

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

देशका विभिन्न स्थानमा वर्षा, भोलि चट्याङ्ग, असिनासहित हावाहुरीको सम्भावना

काठमाडौं, १४ वैशाख-आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।विशेषगरि पश्चिमी र पूर्वी क्षेत्रमा अहिले वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो पनि देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्