प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

 न्यूज विराट
प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर, ३० जेठ । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । संक्रमित भएका मध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ ।

आज ३०९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...

विराटनगरलाई दोस्रो ठूलो शहर बनाउने लक्ष्यका साथ काम गर्छौँः मेयर कोइराला

विराटनगर, ३० जेठ । विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले यस नगरलाई मुलुकको दोश्रो ठूलो शहरको रुपमा विकासित गर्ने लक्ष्यका साथ काम गर्ने बताउनु भएको छ। एकता समाज विराटनगरद्वारा आज यहाँ आयोजित महानगरप्रमुख, उपप्रमुख एवं...

२४ घण्टाभित्र १४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजारनजिक

काठमाडौं, २९ असार-सोमबार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका...

सगरमाथा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगरस्थित सगरमाथा स्कुलमा सगरमाथा स्पोर्ट्स मिट सुरू भएको छ । एक कार्यक्रम आयोजना गरि पाँच दिनसम्म संचालन हुने सगरमाथा स्पोर्ट्स मिट शुक्रबारदेखि सुरू भएको हो । सगरमाथा स्पोर्ट्स मिटको उद्घाटन स्कुलका प्रिन्सिपल त्रिलोचन...

केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे संघर्ष गर्छाै: मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान...

प्रदेश १ मा था ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

विराटनगर, बैशाख २७–नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ । शुक्रबार अबेर गरिएको परीक्षणमा उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना पुष्टि...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बेलुकी ५:३० बजे नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोरोना महामारी विरुद्धको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्