गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी पेस

 न्यूज विराट
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी पेस

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष विपक्षी गठबन्धनले ३१ सांसदकव हस्ताक्षरसहित मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखेरललाई प्रस्ताव गरेको छ । गण्डकी ३१ सांसद नै स्वयं प्रदेश प्रमुख निवास पुगेर नयाँ सरकारमा कृष्णचन्द्रलाई प्रस्ताव गरेका हुन् ।

स्वयं उपस्थित भएर हस्ताक्षरसहित कृष्णच्न्द्रलाई मुख्यमन्त्रीमा प्रस्ताव पेस गरेपछि प्रदेश प्रमुखले भोलि खबर गर्ने भन्दै विपक्षी गठबन्धनका सांसदहरूलाई फर्काइदिएकी छन् । ‘हामीले हस्ताक्षर बुझायौँ । रुजु गर्न पर्छ भनेर भन्यौँ । त्यहीअनुसार भयो । प्रदेश प्रमुखले भोलि ३ बजेसम्मको समय भएकाले भोलि खबर हुन्छ भन्नुभयो,’ प्रदेश प्रमुखको निवासबाट बाहिरिँदै मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्रले भने ।

प्रदेश सभामा कायम ५९ सदस्यमध्ये कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चा र जसपाका दुई/दुई र एक स्वतन्त्र सांसद गरेर ३१ सांसदले पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् ।

प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो तीन बजेसम्मको समय दिएर शुक्रबार संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् । सो उपधारामा कुनै एकल सदस्यले बहुमत पुर्‍याउन सक्ने अवस्था भए मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

सो धाराअनुसार कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा प्रसाव गर्दै गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङसहित ३१ सांसदहरूले प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरेका थिए । सांसदहरूको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयले रुज समेत गरेको थियो ।

ठूलो दलका नेताको हैसियतले गत २९ वैशाखमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत मागेका थिए । तर, ६० सदस्यीय प्रदेश सभाका २७ एमाले सांसदबाहेक अरुले उनलाई साथ दिएनन् । ५७ मत खसेकोमा उनको विपक्षमा ३० मत परेको थियो ।

सम्बन्धित समाचार

लुक्लाबाट १४ अष्ट्रेलियनको उद्धार

सरकारले लुक्लाबाट १४ अष्ट्रेलियन नागरिकको उद्दार गरेको छ । बिहीबार पोखरा र लुक्लाबाट आएकासहित ३०० युरोपेलि नागरिक फिर्ता भएको अवस्थामा अन्य विदेशी नागरिकलाई पनि ठाउँमा ठाउँबाट काठमाडौं, ल्याइँदै छ । लुक्लामा धेरै पर्यटकहरु अलपत्र परेको...

लर्डबुद्ध कलेजमा ‘फेरी भेटौला कार्यक्रम’ मा विद्यार्थीहरुको स्वागत र विदाई

विराटनगर । विराटनगरमा अवस्थित लर्डबुद्ध कलेजले शनिबार ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको...

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

मोरङको कानेपोखरीमा एमालेको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले फराकिलो मत अन्तरले अग्रता कायम गरेको हो । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

प्रदेश राजधानीको स्यायी संरचनाका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने

विराटनगर, फागुन १४–विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर...

कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए

सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय...

धार्मिक सहिष्णुता कायम गरौं : सांसद भिम पराजुली

विराटनगर । कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले धर्म निरीपेक्ष रहेको मुलुकमा धार्मिक सहिष्णुता कायम गरेर अगाडी बढनुपर्ने बताएका छन् । धरानमा गोरुको मासु खाएको दृश्यात्मक सामग्रीका विषयमा सद्भाव बिथोल्ने किसिमका हर्कतहरू भइरहेका बेलामा प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्