नेप्से २९ अंकले बढेको बजारमा १६ अर्बको कारोबार, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

 न्यूज विराट
नेप्से २९ अंकले बढेको बजारमा १६ अर्बको कारोबार, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २० जेठ । शेयर बजर परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि हरियाली छाएको छ । जसले गर्दा लगानीकर्ता थप उत्साहित बनेका छन् । बिहीबार नेप्से सूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव ६७ अंकमा पुग्यो ।

नेप्से बढेसँगै हौसिएका लगानीकर्ताका कारण आजको कारोबार पनि उल्लेख्य रूपमा बढ्न पुग्यो । आज एकैदिन बजारमा १६ अर्ब ९० करोड ७० लाख २० हजार २ सय ८६ रुपैयाँको शेयर कारोबार भएको छ ।

आजको बजारमा कुल २१८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १ लाख ५५ हजार ६५५ पटकको कारोबारमा खरिद बिक्री भयो । कारोबार रकम यस साता दुई दिन आक्रामक रूपमा बढ्न पुग्यो ।

साताको पहिलो दिन आइतबार इतिहासकै उच्च कारोबार भयो । सो दिन १७ अर्ब २ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस बुधबार सामान्य कारोबार भएको बजारमा अन्तिम दिन बिहीबार पुनः कारोबार रकम बढेको हो ।

आज कारोबारमा आएका कम्पनीमध्ये ९९ कम्पनीको शेयरमूल्य बढ्न पुग्यो । जसमा माइक्रोफाइनान्स उचालिएका छन् बने वाणिज्य बैंकमा लगानीकर्ता झुम्मिन पुगेका छन् ।

आज जलविद्युत्‍बाट लगानीकर्ता बैंकिङ्ग क्षेत्रमा मोडिएका छन् । जसले गर्दा सर्वाधिक कारोबार बैंकिङ समूहकै भएको हो । जसले गर्दा विकास बैंक, फाइनान्स र होटल समूहको इन्डेक्स साढे ३ प्रतिशतले बढेका छन् । जलविद्युतको सूचक २ प्रतिशतले घट्दा व्यापार, निर्जीवन बीमा र अन्यको सूचक पनि सामान्य अंकले ऋणात्मक बनेको छ ।

आज लगानीकर्ताले वाणिज्य र विकास बैंकमा मात्र ४ अर्ब ६७ करोड ३६ लाख ६० हजार रुपैयाँको शेयर किनबेच गरे । जबकि, कुल कारोबार १६ अर्ब ९० करोड ७० लाख रुपैयाँको भएको छ । यो समूहमा सबैभन्दा बढी मूल्य सिटिजन्स बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज, बैंक अफ काठमाण्डु र सिद्धार्थ बैंकको बढेको छ ।

त्यस्तै, सबैभन्दा बढी शेयर किनबेच सिभिल, मेगा, सिटिजन्स बैंकमा भएको थियो । आज कुमारी, ग्लोबल आईएमई र सेञ्चुरी बैंकमा पनि लगानीकर्ता चाप थियो ।

कारोबारमा अग्रस्थानमा बैंकिङ समूह आए पनि सर्वाधिक शेयरमूल्य बढाउनेमा लघुवित्त नै अगाडि आएका छन् । आज मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको १० प्रतिशतले शेयरमूल्य बढेर सकारात्म सर्किट लागेको छ भने गुराँस फाइनान्स र ग्रिन डेभलपमेन्ट सर्किट लेबलमा छन् ।

समूहको हिसाबले बैंकिङ समूहको कारोबार रकम धेरै भए पनि कम्पनीगत रूपमा आजको सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ । सो कम्पनीको १ अर्ब २ करोड ७० लाख रुपैयाँको शेयर खरीद बिक्री भएको हो । त्यस्तै, छिमेक लघुवित्तको ६८ करोड १६ लाख  निफ्रा, शिवम् सिमेन्टस्, सानिमा माइ हाइड्रोपावरलगायतको पनि कारोबार उल्लेख्य हुन पुग्यो ।

सम्बन्धित समाचार

विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...

कोरोना संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापी असफल

एजेन्सी, बैशाख १९-भारतको मुम्बईमा कोरोना भाइरसका संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापीको प्रयोग असफल भएको छ ।महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी हुने दाबी गरेका थिए । तर बिहीबार कोरोना...

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने

सुर्खेत, १ असार-कर्णाली प्रदेश सरकारले कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पर्वतीय विश्वविद्यालय स्थापना गर्ने जनाएको हो । प्राविधिक जनशक्ति उत्पादनका लागि कर्णाली प्रदेशको...

प्रदेश १ मा मन्त्रालय फुटाएको विरोधमा विराटनगरमा एमालेका २३ वटा जनसंगठनहरुद्वारा प्रदर्शन

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र...

घरमा सामान सकियो ? ११३७ मा फोन गर्नुस्

सरकारले काठमाडौं उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्