विराटनगर सिटीका प्रशिक्षकलाई एक वर्षको प्रतिबन्ध

 न्यूज विराट
विराटनगर सिटीका प्रशिक्षकलाई एक वर्षको प्रतिबन्ध

काठमाडौं, १२ जेठ । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज विराटनगर सिटी एफसीका प्रशिक्षक यान ललाई अनुशासन कारबाही स्वरुप एक वर्षको प्रतिबन्ध लगाइएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्टले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यानलाई एनएसएलमा एक वर्षको प्रतिबन्ध गरिएको जनाएको छ ।

एनएसएलको १९औं खेलमा ललितपुर सिटी विरुद्धको खेलमा प्रशिक्षक यानले अनुशासनहीन कार्य गरेका थिए । उक्त खेलमा यानले रेफ्रीको निर्णय विरुद्ध आक्रोश जनाउँदै आफ्ना खेलाडीलाई दोस्रो हाफमा मैदान बाहिर बोलाएका थिए । साथै उनी खेलका दौरान टचलाइन क्रस गरी मैदानभित्र समेत प्रवेश गरेका थिए ।

उक्त खेलमा खेलाडीलाई बाहिर बोलाउन उनी मुख्य दोषी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले छानबिन गरेपछि यानलाई प्रतिबन्ध लगाइएको हो ।

सम्बन्धित समाचार

यो वर्ष विराटनगरमा रथ यात्रा रोकियो

विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको...

२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग

काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...

आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्जेलले पाए सफाइ

काठमाडौं, फागुन २२–समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।...

१ करोड ९ लाख भारतीय रुपैयाँ सहित २ जना पक्राउ

विराटनगर, बैशाख २३–विराटनगर भन्सार कार्यालयबाट एक करोड बढि भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ, सिलिगढी गंगानगर वडा नं ५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै जिल्ला महजपुर,...

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ । मोरङको बिराटनगर महानगरपालिका-१ का ५५ बर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान बिराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको...

इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको...

रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता

रुकुमपूर्व, २० जेठ-रुकुमपूर्वको भूमे गाउँपालिका-२, काँक्रीका सहोदर २ दाजुभाइ २ सातादेखि वेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक स्रोतका अनुसार यही ४ जेठमा दाजुभाइ...

कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

विराटनगर, फागुन २०–एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेश अनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ । उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्